राप्ती नगरपालिकामा घर बाहिर निस्कन नपाइने

चितवन । राप्ती नगरपालिकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन नगरवासीहरुलाई अनुरोध गरेको छ ।
कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले घरमै बसेर सहयोग गरिदिन नगरपालिकाले अनुरोध गरेको छ । नगर प्रमुख प्रभा बरालले एक सुचना जारी गर्दै अत्यावश्यक काम बाहेक अन्य कामका लागि बाहिर ननिस्कन आग्रह गरेकी हुन् ।
राप्ती नगरपालिका ९ की एक महिलामा पनि बिहीबार कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारका लागि गएकी ति महिला हाल अस्पतालमै रहेकी छिन् । उनको सम्पर्कमा रहेकाहरुको पहिचान गरिएको र आईतबार पिसिआर परिक्षणका लागि पठाईने नगर प्रमुख बरालले बताइन् ।
सम्पर्कमा रहेकाहरुको रिपोर्टका आधारमा भावी योजना बनाइने उनको भनाइ छ ।

