विखण्डनकारीका अगाडी सरकार निरिह : राप्रपा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

विखण्डनकारीका अगाडी सरकार निरिह : राप्रपा



काठमाडाै‌ं- राष्ट्रिय प्रजातन्त्र पार्टीले देश टुक्रयाउने उत्तेजक गतिविधि भएकोमा भन्दै भर्त्सना गरेको छ।

राष्ट्रिय अखण्डता माथि लज्जाजनक प्रहार भएको जनाउँदै राप्रपाले विखण्डनकारी समूहबाट दिनदहाडै र खुलेआम राष्ट्रिय एकता र अखण्डतामा आँच पुग्ने गतिविधि भइरहेका ठहर गरेको छ।

संविधान गतिशील दस्तावेज भएकाे र परिवर्तन गर्न नसकिने धर्मग्रन्थ नभएको जनाउँदै आफ्ना मागहरू संविधान संशोधन गरेर समावेश गर्न सकिने सकिने समेत राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘राष्ट्रिय अखण्डतामाथि भएको गम्भीर प्रहारको घटनामा साँधिएकाे मौनताले सरकार लाचार, निरिह, असक्षम र असफल हुँदै गएको प्रष्ट हन्छ’ विज्ञप्तिमा उल्लेख छ।