राप्रपाले एकतिस जिल्लामा पायो नेतृत्व, को को भए त सभापति - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

राप्रपाले एकतिस जिल्लामा पायो नेतृत्व, को को भए त सभापति



काठमाडौं, २६ माघ

राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशनमा ३१ जिल्लाको परिणाम प्राप्त भएको छ ।

प्राप्त परिणामअनुसार काठमाडौँ र भक्तपुरको अध्यक्षमा क्रमशः नवराज सिङ्खडा र दिनेश श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्वाचित भएका छन् । ललितपुरको मत गणना जारी रहेकाले परिणाम प्राप्त हुन सकेको छैन ।

त्यसैगरी, मनाङमा दीपक गुरुङ, डोल्पामा योगेन्द्र शाही, हुम्लामा कालीबहादुर शाही, धनकुटामा कुमारबहादुर थापा, भोजपुरमा डा सुरेश बस्नेत, चितवनमा बद्री तिमिल्सिना, गुल्मीमा वसन्तविक्रम पाण्डे, तनहुँमा विनोद घर्ती, झापामा अमरबहादुर विष्ट र सङ्खुवासभामा पदमकेशर कार्की निर्वाचित भएका छन् ।

यसैगरी, सप्तरीमा उम्वेश्वर साह, ओखलढुङ्गामा राजेन्द्र गुरुङ, अर्घाखाँचीमा दीपक कुँवर, नवलपरासीमा ओमबहादुर सिंह, पाल्पामा दुलबहादुर कुँवर, डोटीमा लालबहादुर कठायत, उदयपुरमा ध्रुव रायमाझी, सर्लाहीमा प्रभाकर सिंह, अछाममा मीनबहादुर शाही, र बागलुङमा सुरेन्द्र खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

साथै, रामेछापमा भरत वाइवा, बाजुरामा जीतबहादुर शाही, सोलुखुम्बु भीम राई, महोत्तरी राजेश्वर राय, डडेल्धुरा हिक्मत साउद, सुनसरी रोहितबहादुर कार्की, रुपन्देहीमा सागरप्रताप राणा, ताप्लेजुङ चन्द्र मादेन, कञ्चनपुर पूर्णबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाबाट २५ सदस्य तथा १० वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६५ सदस्य जिल्ला प्रतिनिधिका रूपमा छानिएका छन् ।

सबै जिल्लामा एकै दिनमा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि ७४ जिल्लामा अधिवेशन सम्पन्न भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । बारामा भने अधिवेशन हुन सकेन ।

मनाङको जिल्ला अधिवेशन भने काठमाडौँमा गरिएको थियो । उक्त अधिवेशनको शुभारम्भ गर्दै प्रवक्ता श्रेष्ठले दुई पार्टीको एकतापछि अहिले कार्यकर्ता र जनतामा उत्साह आएको बताए ।

पार्टीको आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भएको छ । रासस