राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द



बैतडी, माघ २१ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्ववाणिज्य मन्त्री जयन्तबहादुर चन्दले राप्रपा अब पहिलो शक्ति बन्ने बताउनुभएको छ । राप्रपा पाटन नगर अधिवेशनमा सम्बोधन गर्दै पूर्वमन्त्री चन्दले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्ने खेल भइरहेको र यसलाई रोक्नका लागि राप्रपा लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला राजनीतिक दलले जनतालाई धोका दिएकाले अब राप्रपा वैकल्पिक शक्तिका रुपमा उदय हुन्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका चन्दले बैतडीको विकासका लागि आफू लागिपरेको समेत बताउनुभयो ।

अधिवेशनले गजेन्द्रबहादुर बोहराको अध्यक्षतामा ३१ सदस्यीय नगरसमिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा दानसिंह बिष्ट र लक्ष्मी बिष्ट, सचिवमा मानसिंह बिष्ट, कोषाध्यक्षमा हिरा बिष्टलगायत अन्य सदस्यहरु रहेका राप्रपाका केन्द्रीय सदस्य गणेश बिष्टले जानकारी दिनुभयो ।

यस्तै, दशरथचन्द नगरपालिकाको नगरअधिवेशन पनि बिहीबार उद्घाटन गरिएको छ । अधिवेशनले आज नगरसमिति चयन गर्ने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले जानकारी दिनुभयो । रासस