१६ वर्षिय युवती बलत्कार गर्ने पक्राउ
काठमाडौं | काठमाडौंबाट युवती बलत्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विगत पाँच बर्षदेखी एक अपरिचित महिलालाई ‘दिदी’ नाता लगाएर उनकै छोरी बलात्कार गर्ने विराटनगरका ज्योती श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठले काठमाडौंको गौशाला एरियामा असार २ गते विहान बर्ष १६ की एक युवतीलाई उनकै डेरामा बलात्कार गरेका थिए ।
बिराटनगर उपमहानगरपालिका–२ स्थायी घर भएका श्रेष्ठले घरमा कोही नभएको मौका पारेर जबर्जस्ती करणी गरेको आरोपमा असार ८ गते काठमाडौंको गुह्यश्वरीबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत गौशालाले जानकारी दिएको छ ।
पीडीत युवतीलाई ललाई फकाई गरेर बलात्कार गरेको र बलात्कारपछि आमालाई भनेमा ज्यान मार्ने धम्कि समेत दिएको कुरा प्रहरी अनुसन्धानबाट बाहिर आएको छ । श्रेष्ठलाई जबर्जस्ती करणी मुद्धामा म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

