११ वर्षिय बालिका बलत्कार गर्ने पक्राउ
गुल्मी । तीन दिनअघि गुल्मीको हस्तीचौरमा ११ वर्षिया बालिकाको बलत्कारको अभियोगमा प्रहरीले स्थानीय एक पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्विवेदीले दिएको जानकारी अनुसार ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई नावालिका बलात्कारको अभियोगमा गत राती पक्राउ गरेको हो । एसपी द्विवेदीका अनुसार कार्कीले असार ११ गते साँझ ५ वजेको समयतिर बालिकालाई आफ्नै घरमै बोलाएर वलात्कार गरेका हुन् । पीडितले वुधबार घट्नाबारे हस्तीचौर प्रहरी चौकीमा उजुरी दिएपछि घट्ना बाहिरिएको थियो ।
अभियुक्त कार्कीलाई गुल्मी सदरमुकाम तम्घासको धागीथुममा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय मुद्दाफाँटमा कार्यरत असई सत्यनारायण यादवले जानकारी दिए ।

