रणबीर र आलियाको विवाहको मिति तय ,आखिर कहिले ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रणबीर र आलियाको विवाहको मिति तय ,आखिर कहिले ?



रणबीर कपूर र आलिया भट्टबीचको प्रेम सम्बन्धका बारेमा निकै अघि चर्चा चले पनि उनीहरुकै मुखबाट यसको सार्वजनिक गरेका थिएनन् । रणबीर र आलिया दुबै उपस्थित एउटा कार्यक्रममा आलियाले रणवीरसँग २०१९ मा विवाह गर्ने खुलासा गरेकी छन् ।

रणबीर र आलियाबीच प्रेमको सुरुवात अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ को शुटिङका समयमा भएको थियो । शुटिङ सकिएलगत्तै आलियाले रणवीर कपुर निकै दयालु र आफ्नो आदर्श पति बन्न सक्ने खुलासा गरेकी थिइन ।

अब यी दुवै जनाले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने सोचमा रहेको एक भिडियोमार्फत सार्वजनिक गरेका छन् । तर, दुवैले आफ्नो परिवारसित भने यो विषयमा कुनै सल्लाह नभएको जनाएका छन् ।