रञ्जु दर्शना र रवीन्द मिश्र विरुद्ध समाचार लेख्ने पत्रकार पक्राउ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रञ्जु दर्शना र रवीन्द मिश्र विरुद्ध समाचार लेख्ने पत्रकार पक्राउ



काठमाडौं – केही दिनअघि विभाजित भएको विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शनाबारे विवादास्पद समाचार प्रकाशित गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको हो ।

अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार काठमाडौंको शान्तिनगरमा बस्ने रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरि अनुसन्धान अघि बढाइएको छ ।

उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको सिंहले बताए । ‘न्यौपानेको चरित्र हत्या गर्ने गरी रोकाले अश्लील समाचार सम्प्रेषण गरेको पाइयो’, सिंहले भने, ‘यस किसिमका भ्रमपूर्ण समाचार अरु कसैले पनि सम्प्रेषण नगर्न आग्रह गर्दछौँ ।’

रोकाले विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको समाचार सम्प्रेषण गरेका थिए । यो समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन् ।