काठमाडौको मेयरमा २१ वर्षीया रञ्जु दर्शनाको उमेद्वारी चर्चामा - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

काठमाडौको मेयरमा २१ वर्षीया रञ्जु दर्शनाको उमेद्वारी चर्चामा



हिमाल पोष्ट\ काठमाडौं,  बैसाख ६

 

काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षीया रञ्जु दर्शनाको उमेद्वारी यतिबेला चर्चामा छ । विवेकशील नेपाली दलले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारमा २१ वषीया रञ्जु दर्शनालाई उठाउने भएको छ ।

मंगलबार विवेकशील नेपालीले एक विज्ञप्ति जारी गर्दै दर्शनालाई मेयरको उम्मेदवार चयन गरेको जानकारी दिएको हो । लामो आन्तरिक छलफल तथा परामर्शपछि दर्शनालाई चयन गरिएको विवेकशील नेपालीले जनाएको छ ।

‘काठमाडौँलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात् गर्न तथा त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त हुने भएकोले उनलाई चयन गरिएको हो,’ विवेकशीलद्वारा मंगलबार जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

विवेकशीलले आह्वान गरेको खुल्ला उम्मेदवार नीतिअनुसार दर्शनाले काठमाडौँको मेयर पदका लागि उम्मेदवारी दिएकी थिइन् । निर्णायक मण्डलको सुझावमा उनलाई मेयरमा उठाउने तय गरिएको विवेकशीले जनाएको छ ।