यसकारण बस्ने छन् रञ्जित तामाङ र नविना लामा अनसन ! - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

यसकारण बस्ने छन् रञ्जित तामाङ र नविना लामा अनसन !



काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता कसैले रोक्न नसक्ने बताएकी छिन् ।

क्रान्तिकारीको कैलाली जिल्ला समितिलाई प्रशिक्षण दिँदै सिंहले पार्टी एकताबाट भागने छुट दुबै दलका नेतालाई नभएको बताएकी हुन् । उनले यदि कतैबाट एकता विथोल्ने प्रयास भए त्यसको प्रतिरोधमा उत्रने चेतावनी समेत दिइन् ।

‘एकता नहुने संकेत पाएको खण्डमा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ एमाले मुख्यालयमा अनसन बस्नुहुनेछ र नविना लामा पेरिसडाँडामा धर्ना बस्नुहुनेछ,’ उनले भनिन् ‘हामीपनि नेताहरुलाई खबरदारी गर्न अनसन बस्न तयार छौं’।

युवा विद्यार्थीहरुको सपना वामपन्थीहरुको स्थायी सरकारले मात्र पुरा गर्ने भन्दै उनले अब देश समृद्धितर्फको यात्रामा जाने दाबी गरिन् ।