राजनीतिले चीरहरण गरेको रानीपोखरी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राजनीतिले चीरहरण गरेको रानीपोखरी



-राजानन्द माण्डव्य

रानीपोखरी अर्थात पूण्य पोखरी कान्तिपुर नगरको मध्य भागमा रहेको यस पावन तिर्थस्थल अहिले जिर्ण अवस्थामा छ । २०७२ सालको भुकम्पले पोखरी लगाएतका संरचना ध्वंस भएका छन । ऐतिहासिक किंवदन्ति बोकेको यस पोखरीमा विछट्टै राजनिति भयो । अझै भनौ भने गाईजात्रा नै भयो भन्दा मनासिव होला । काठमाडौं महानगर भित्र पर्ने यस पोखरीमा नगर प्रमुख तथा उपप्रमुखका जुङ्गा लडाईले मन्दिर परिसरमा ताला लगाउने महाअभियान समेत चल्यो।

कहिले कस्ले कहिले कस्ले पुर्ननिर्माण गर्ने निश्चय नहुदाँ पर्यटकिय नगरिको साँस्कृतिक तथा धार्मिक धाम यस रानीपोखरी अहिले चिरहरणको अवस्थामा विद्यमान छ । नेपाल अझै भनौ काठमाडौं पर्यटकीय शहर हो । नेपालका १० विश्व सम्पदा मध्ये ६ वटा काठमाडौं उपत्यकाभित्र रहेका छन । नेपाल पर्यटन वर्ष २०२० मनाउदैछ । विश्वभरिका पर्यटकलाई नेपाल घुमाउने सरकारको लक्ष्य छ ।

खण्डहर र कंक्रिटको वस्तीभित्र सरकारले कसरी पर्यटक भित्राउन सक्छ त्यो हेर्न अझै बाकी नै छ तर मल्लकालिन राजा प्रतापमल्लको रानीपोखरीको विसं १७२७ को शिलापत्र यहाँ उल्लेख गरिएको छ । जुन शिलापत्रमा रानीपोखरीको महिमा,गरिमा तथा पूण्य भुमीको जललाई राखी धार्मिक गरिमा बढाईएको छ ।

मन्दिरको विचमा वालगोपालेश्वर महादेवको शिवलिंग छ, यमपंचकको अन्तिम दिन दाजुभाई,दिदिवहिनी नहुनेहरुले त्यहि पावन मन्दिरमा भाईटिका लगाउने चलन समेत छ । राजा प्रतापमल्लले आफ्नी रानीलाई शोकबाट मुक्त गराउन यस पोखरी वनाईएको आख्यान छ । रानीपोखरीमा राखिएको शिलालेखको केहि अंश तल उल्लेख गरिएको छ ।

ॐ नमः श्री श्री कालिकाये ।। शस्त्र शास्त्र संगितादि सकल विद्यापारांग महाराजधिराज नेपालेश्वर विदग्ध चूडामणि सकलराचक्राधीश्वर श्री श्री राजाराजेन्द्र कविन्द्र जय प्रतापमल्लदेवेन श्री श्री श्री परमेश्वरपरमेश्वरौ ब्रह्ममुमीनेमङ्कृतं ।। अतः परं भाषा ।। श्रीश्री जयप्रतापमल्लदेवेन,आफुले शास्त्र हेरिकन असंख्यास पुण्य देखिकन निकासिकन, गंगा आदि नानातीर्थको जल लेइकन महाराजाधिराज नेपालेश्वर राजाराजेन्द्र श्री श्री चक्रवर्तेन मल्लदेवको नामले वनायाको पोषरिमाहा राख्याको छ ।

श्री वारानसिको गंगाजल ।। श्री वैद्यनाथको गंगाजल ।। श्री वाग्मतीको जल भारि १०६४१ ।। श्री संखमुलको जल ।। श्री पनति तीर्थको जल ।। श्री गंडकीको जल ।। श्री कोशिकीको जल ।।सुन्दरीनदि, निलकण्ठ, विस्नुमति, विश्वनाथ, नैकापको जल, वागेश्वर, मन्मती, शंखदह, कागेश्वर, वाग्मती ताल, सपनातिर्थ, कौमती, त्याङ्गा, मशिरको जल, श्रीथपपिको जल, सप्तकोशिकीको जल, तवदहको जल, ईन्द्रदहको जल, कटुवारको जल, मातातिर्थको जल, तवदहको जल, गोर्कणको जल, ज्ञानवापिको जल, पशुकुंडको जल, सीताकुंडको जल, टेखुदोभानको जल, हनुमन्तको जल, गोलोहिटिको जल, ज्वालामुखीको जल, मुक्तिक्षेत्रको ल, ½वेतगंडकीको जल, सरजुगंगाको जल, मालिकाको जल, पातालगंगाको जल, प्रयाग गंगा, जमुना सरस्वति त्रिवेनीको जल, कमलेश्वरीको जल, सप्तगंडकीको जल, वराहक्षेत्रको जल, गंगासागरको जल, अनन्तलिंगको जल, सिपाडोलको जल, एति तिर्थको जल रानीपोखरीमा ल्याई राखिएको छ । त्यस समयमा यस पूण्य पोखरीमा स्नान गर्दा, देव तर्पण, पितर तर्पण, सन्ध्या स्नान, आदि सत्कर्म गर्दा अनेकौं फल प्राप्ती हुने विस्वास गरिएको छ । यो रानीपोखरी पानी पोखरी मात्र नभई पूण्य पोखरी हो ।

हिन्दु धर्मालम्वीको पावन पुन्य तिर्थ रानीपोखरीको ढोका वाहिर पनाली माथीको देवलले सदावत्र्तिको गुठीको खेत जमल,त्वाकचलको दक्षीण टुुमागालदेव श्री उपाध्यौको पनाली वालमसानको पश्चिम ओमजेको देवल कुलादेखी मासवखेलको उत्तर असन पनाली माथिको चउरको देवल श्री कान्तीपुर नगरको पूर्व ।। एति पून्य भुमी भित्र मध्यमाहा हान्मारु धन्र्नु, रोजो हान्मारु गर्नु, आत्महत्या, आदि कसैले केहि पाप यो पोखरीमहा गन्र्नु नाहि, कसैले गर्याहुदा कोटि अगम्यागमन, कोटी अभक्षाभक्षण, कोेटि व्रह्महत्या, कोटि गौहत्या, कोटि वालहत्या, कोटि गुरुहत्या, कोटि स्त्रिहत्या, कोटि शिवलिंग ध्वंसन गरेको पाप लाग्नेछ । एति तिर्थमाहा पाप गरेको एति तीर्थकाहा वस्याको श्री श्री श्री परमेश्वर परमेश्वरी नास्याको पाप तसका शिर कदाचित हट गरि वस्याहुदाँ रह्याहुदाँ घिस्याइ आफाल्या वाध्या दिल्या प्राश्चित नाहि,दृष्टिसाक्षी श्री आदित्य, चन्द्रमा, अग्नि, वायू, जल, आकाश, आत्मा, पृथ्वि, दिनरात्रौ, सन्ध्या, धम्र्म व्राह्मणा पाँच, प्रधान पाँच, खस मगर पाँच राखिएको थियो ।

श्री शाके १५९२ कात्र्तिक शुदि पूर्णिमा को दिनमा शिलालेखमा लेखीएको यो अभिलेख अनुसार रानी पोखरी पूण्य पोखरी हो । यसको निर्माण पश्चात पनि वेला वेलामा यसको स्वरुप परिवर्तत भएको भने पक्कै छ तर पनि विभिन्न धार्मिक ताल,नदि आदिको जलले भरिएको यस पावन पूण्य पोखरी अव जिर्णोद्धार पश्चात यिनै तिर्थको जलले सिञ्चीत हुनसक्ला या नसक्ला भन्ने हेर्न वाकीँ नै छ । राजनैतिक रंगविनाको साँस्कृतिक धरोहर बनाउन हरेक सामाजिक अभियान्ताको चासोको विषय हो । पावन तिर्थ एवं धार्मिक स्थल यस पोखरीको उचित संरक्षण तथा तत्काल निर्माण हुन आवश्यक छ ।

राजानन्द माण्डव्य
(संयोजक)
राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल
साँस्कृतिक तथा सामाजिक अभियान्ता
काठमाडौं नेपाल