रङ्गशालाको विषयमा रेणु दाहालले गरिन यस्तो खुलासा - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

रङ्गशालाको विषयमा रेणु दाहालले गरिन यस्तो खुलासा



चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा भ्रम फैलाइएको टिप्पणी गरेकी छन् ।

भरतपुर महानगरपालिका, वडा नं. ७ को वडा भेलालाई सम्बोधन गर्दै प्रमुख दाहालले रंगशाला निर्माणसँगै बाटो विस्तार गर्दा स्थानीयको उठिबास गराइँदैछ भनेर भ्रम फैलाइएको दाबी गरिन् ।

‘डीपीआर नबन्दासम्म सडकको विषयलाई लिएर तोडफोडमा उत्रनु अत्यन्तै दुखद् भएको छ’, दाहालले भनिन्, ‘राष्ट्रिय गौरवका योजना बनाउँदा कहीँ कतै स्थानीयको सहयोग चाहिएमा क्षतिपूर्ति व्यवस्था हुन्छ, उठिबास गराइन्छ भनेर भ्रम फैलाइएको मात्र हो ।’

रंगशाला निर्माणको क्रममा भएको घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको बताउँदै दाहालले स्थानीयवासीलाई भ्रम फैलाइएकाले नै यस्तो घटना घट्न पुगेको दाबी गरिन् ।

वडा भेलामा दाहालले अहिले दुई वर्षको प्रगति विवरण हेर्दा धेरै काम सडकमा भएको भन्दै उनले सधैं सडकका विकासमा मात्रै महानगर नलाग्ने जानकारी दिइन् ।

महानगर अबको आर्थिक वर्षबाट उत्पादनमुखी कार्यमा लाग्ने उनले बताइन् । भरतपुरले देखेको विकासको सपना टाडा नरहेको भन्दै कृषिलाई पहिलो प्राथमिकता दिइ सबै खालका व्यापार व्यवसायलाई करको दायरामा ल्याउने समेत उनले बताइन् ।