राणाले संसद विघटन विरूद्दको रिट संवैधानिक इजलाशमा पठाए
काठमाडौं । संसद् विघटनविरूद्दकाे रिट संवैधानिक इजलास पठाइने भएकाे छ । रिट प्रधानन्याधीश चाेलेन्द्रशमशेर राणाकाे एकल इजलासले संवैधानिक इजलाशमा पठाउने भएकाे हाे ।
शुक्रबार संवैधानिक इजलाशमा याे मुद्दामा सुनुवाई हुनेछ । संसद विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलाशमा साे मुद्दामा सुनुवाईकाे माग गरेका थिए ।