राना थारू उत्थान समन्वय मञ्चद्वारा अाठ जना सम्मानित

जुद्ध चाैधरी / पुनर्वास ।
राना थारू उत्थान समन्वय मञ्चद्वारा विभिन्न ब्यक्तित्वका अाठ जनालाई सम्मान गरेकाे छ ।
कञ्चनपुरकाे पुनर्वास नगरपालिका वार्ड नं. १० स्थित श्री अलँकार अाधारभुत विद्यालयमा मञ्चले बुधबार सम्मान कार्यक्रम गरेकाे हाे । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य नारद मुनि रानाकाे प्रमुख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रदेश साँसद श्यामलाल राना र माला मति राना रहेका थिए।
कार्यक्रममा राना थारू समुदायबाट पहिलाे डक्टर बन्न सफल धनगढी उपमहानगरपालिका ५ धनगढी गाउँकी यज्ञवती राना, भारतकाे कर्नाटक राज्यबाट एम फर्म टप भएकी तथा भारतीय उपराष्ट्रपती द्वारा संवरण पदकले सम्मानित रीमा राना, राना थारू समुदायबाट नेपाल सरकारकाे साताैँ तहकाे अधिकृतमा नाम निकाल्न सफल पुनर्वास न. पा. १ पुरैनाका कर्ण सिँह राना सम्मानित भएका हुन ।
त्यसै गरि पुनर्वास नगरपालिकाका बाँस मति राना, रामकिसन राना, बेदमती राना, रामदास राना र हरिचन्द्र राना पनि सम्मानित भएका थिए । प्रमुख अतिथिकाे अाशनबाट बाेल्दै नारद मुनि रानाले रानाथारू समुदायलाई सुचिकृत गर्न अाफुले सक्दाे प्रयास गरिरहेकाले नेपाल सरकारले चाँडै यसकाे सुनुवाई गर्ने बताए। साथै रानाथारू समुदाय शिक्षा, स्वास्थ्य तथा राजनितिक क्षेत्रमा निक्कै पछाडी परेकाले बर्तमान सरकारले रानाथारू समुदायलाई सुचिकृत गरि सर्बाङ्गीर्ण विकास गर्ने बताए ।
त्यसै गरि कार्यक्रममा बाेल्दै अर्का बक्ता राना थारू समुदायका पहिलाे टेलिश्रृखँला जलगाेँदाका निर्देशक तथा रानाथारू चलचित्रका पहिलाे निर्देशक गाेबिन्द रानाले विश्वमा रानाथारूकाे भेषभुसा तथा सँस्कृती पृथक रहेकाले यसकाे प्रबर्ध्दन गरिनु पर्ने बताए ।
रानाथारू उत्थान समन्वय मञ्चका केन्द्रिय सँयाेजक धाेखे रानाकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य श्रवण रानाले राख्नु भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन तीर्थराज रानाले गरेका थिए। कार्यक्रममा रानाथारू समुदायकाे बिभन्न समयमा नाचिने नाच समेत प्रस्तुत गरिएकाे थियाे ।

