प्रधानन्यायाधीशले आफ्नै इजलासमा गर्ने भए मन्त्रिपरिषद् विरुद्धको सुनुवाई - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

प्रधानन्यायाधीशले आफ्नै इजलासमा गर्ने भए मन्त्रिपरिषद् विरुद्धको सुनुवाई



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।

यो मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमारप्रसाद ढुंगानाको इजलासमा हुन लागेको हो। आज दुवै पक्षलाई सर्वोच्चले छलफलका लागि बोलाएको छ।

छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए।