गणतान्त्रिक सरकार ‘राणा'भन्दा खतरा ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

गणतान्त्रिक सरकार ‘राणा’भन्दा खतरा !



दोलखा । दोलखा विगु गाउँपालिका–५ चिलंखा भरङका हरिबहादुर खुलाल उमेरले ९५ बर्ष पुगे । तर उनको जोश, उत्साह र क्रियाशीलता २५ बर्षे युवाको भन्दा कम छैन ।

१९९० साल र २०७२ सालको विनाशकारी भूकम्प भोगेका हरिबहादुर १९९० सालको सरकार भन्दा २०७२ सालको सरकार अनुत्तरदायी देखिएको अनुभव सुनाउँछन् ।

‘हुनत त्यतिबेलाको परिस्थिति र अहिलेको परिस्थिति फरक छ,’ जेष्ठ नागरिक हरिबहादुरले भने, ‘तर अहिलेको गणतान्त्रिक सरकारले त्यति बेलाको राणा सरकारले जति पनि जिम्मेवारी बहन नगरेको हो कि जस्तो लाग्दैछ ।’

भूकम्पपछि राणा सरकारले त्यति बेलाको अवस्थामा जनतालाई राम्रै राहत दिएको उनको भनाई छ ।

९५ बर्षको उमेरमा एउटा गाई र थोरै खेतीपातीसमेत धानेर एक्लै बसेका हरिबहादुर भूकम्पपछि टहरामै रहेको भए पनि सरकारले आफूजस्ता जेष्ठ नागरिकलाई समेत खासै ध्यान नदिएको गुनासो गर्छन् । (नेपाल समाचार पत्र दैनिक)