याेगेशलाई भुंग्रोमा हालेको झाँक्रीको तर्क - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

याेगेशलाई भुंग्रोमा हालेको झाँक्रीको तर्क



काठमाडौं:नेकपा युवा नेता योगेश भटटराईलाइ पर्यटन मन्त्री बनाइएपछि सोही पार्टीको केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले भने फरक खालको अभिब्यक्ति दिएकी छिन् । उनले योगेशलाई मन्त्री नबन्न पटक पटक सुझाव दिँदै आएकी थिइन् ।

तर यसपछि पनि उनले सपथ लिएपछि सामाजिक सञ्जालमा लेखेकी छिन्–’आफ्नै कारण अप्ठयारोमा परेकोले केही मुठठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाइलाइ मन्त्री बनाइयो । सरकार अलोकप्रियताको भुंग्रोमा छ । दाइ त्यही भुंग्रोमा पर्नुभयो अहिले । मेरो आमा भन्नुहुन्थ्यो,जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ ।’

नेकपामा योगेशलाइ मन्त्री नहुन रामकुमारीले लामो समयदेखि कसरत गर्दै थिइन्।उनको विचारमा यो सरकारमा जादा योगेशलाइ राम्रो हुदैन भन्ने थियो तर योगेशलाइ प्रधानमन्त्री केपी अ‍ोली र माधव नेपालको समेत दवाव भएपछि अन्ततः उनी मन्त्री भए। तर मन्त्रीभएपछि पनि उनलाइ दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सपना पुरा गर्न सक्छ कि सक्दैन भनेर विश्लेषण गर्न थालिएको छ।यसले योगेशको स्वतन्त्र छविमा समेत समस्या पार्ने देखिन्छ।