भगवान रामको अस्तित्व मेटाउन खोजियो: नरेन्द्र मोदी - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भगवान रामको अस्तित्व मेटाउन खोजियो: नरेन्द्र मोदी



एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार उत्तर प्रदेशको अयोध्यामा पुगेर राम मन्दिरको शिलान्यास गरेका छन्।

बीबीसीहिन्दीका अनुसार मोदीले मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै मन्दिरको शिलान्यास गरेका हुन्।

भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो। त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो।

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।

मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा हालेको बताइएको छ।

सो क्रममा मोदीले भगवान रामको अस्तित्व मेटाउने प्रयास भएको बताउँदै त्यस्ता कार्य कहिल्यै सफल नहुने बताए।

उनले राम भारतीय संस्कृतिको आधार भएको बताउँदै राम हरेक भारतीयको मन र मस्तिष्कमा भएको जनाए।

मोदीले ‘भगवान राम सबैको हो र सबै भगवान रामको’ भएको पनि बताएका थिए।