अस्ट्रेलियामा नेपाली युवतीको मृत्यु - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

अस्ट्रेलियामा नेपाली युवतीको मृत्यु



ललितपुर- अस्ट्रेलियाको सिड्नीमा नेपाली युवतीको मृत्यु भएको छ।

ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलिया गएकी रमिला मर्हजनको मृत्यु भएको बताइएको छ ।

दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।

श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ।