अन्तर्राष्ट्रिय नेपाली समाज दिल्ली एनसीआरको संयोजकमा रमेश
नयाँ शक्ति पार्टी नेपाल अन्तर्राष्ट्रिय नेपाली समाज भारतको संयुक्त राज्या (दिल्ली- एनसीआर राज्या समिती)को बैठक भरतको नया दिल्लीमा सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय नेपाली समाज भारतका केन्द्रीय संयोजक मोहन रावतको प्रमुख आतिथ्यता र निवर्तमान एनसीआर संयोजक कृष्ण खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।
युवाहरुलाई प्रोत्सान गरि युवा नै नया नेपालको भबिष्य बताउदै उक्त बैठकले युवा एवं जुझारु समाजसेवी रमेश शर्मा लम्साललाई दिल्ली एनसीआरको संयोजकको रुपमा स्थापित गरेको छ भने पाच सदस्य टिम पनि गठन भएको छ ।जसमा उप- संयोजक गणेश अधिकारी,सचिब बिरेन्द्र ठकुरी, सह – सचिब अर्जुन दाहाल कोषाध्यक्ष -यमलाल पौडेल ,सदस्य र कृष्ण भुसाल रहेका छन् ।