रमेश प्रसाईँलाई आँखा होइन ,जीवन भर साथ दिने सहयात्री चाहिएको छ। - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रमेश प्रसाईँलाई आँखा होइन ,जीवन भर साथ दिने सहयात्री चाहिएको छ।



-कर्ण अधिकारी।

पब्लिक स्पिकर सिजन २ मा वजनदार आवाज दिएर उपाधि चुम्न सफल हुनु भएका रमेश प्रसाईँ उमेरले भर्खर २५ मा कुदी रहेका छ।भाग्यको खेल भनौ वा प्रकृतिको नियति जन्मँदै दुई आँखा बिना जन्मिएका यिनले यस धर्तीलाई बाहिरी आँखाले देख्न नपाए पनि भित्री आँखाले भने खुबै ध्यान चित्त भएर अवलोकन गरी रहेका छन्।सामाजिक सञ्जाल फेसबुक मार्फत रातारात चर्चामा आउन सफल भएका प्रसाई आजकल नेपालका अनलाइन पोर्टलहरूमा जता ततै छ्याप छ्याप्ती भेट्दछौ।दुवै आँखा नभए र के भोर आज रमेश प्रसाई हरेक नेपालीको मन मुटुमा बस्न सफल भएका छन्।

कम्युनिस्ट बिचार धारा बोकेका प्रसाईले अहिले सम्म कुनै पनि पार्टीको झन्डा बोक्ने काम चाहिँ गरेका छैनन् ।गरिबिको रेखा मुनि जन्मिएका प्रसाई आफू गरिब हुँदा हुँदै पनि रवि लामिछानेले बनाउन लागेको कालिकोट स्थित रास्कोट सामुदायिक अस्पताललाई ७५ हजार नेरू सहयोग गरी सकेका छन्।महाकवि लक्ष्मी प्रसाद देवकोटाको बिचार सँग मिल्दा जुल्दा प्रसाई आफू नखाएर भए पनि दिन दुखीलाई सहयोग गर्न तल्लिन रहन्छन्।

राष्ट्र र राष्ट्रियता प्रति सदा सर्बदा अभिप्रेरीत भएर आफ्ना अभिब्यक्ति दिने प्रसाईले देश प्रेमी नेता र देश भक्तको खुलेरै प्रशंसा गरे पनि भ्रष्ट्राचार,दलाल,बलात्कारी र हत्याराहरूको खुबै आलोचना गर्छन्।राम्रा र मिठास पूर्ण कविता पनि वाचन गर्ने प्रसाईँको गीत सङ्गीत प्रति पनि त्यति नै मोह छ।नेपालका केही कलाकार र नेताहरूको समेत क्यारीकेचर गर्ने प्रसाई मिलनसार पनि त्यति नै छन्।राजनैतिक, सामाजिक एवं विदेशका बारेमा पनि चासो राख्ने प्रसाईँले भावी दिनहरूमा अझै दमदार प्रस्तुति दिनेछन्।

आजकल सामाजिक सञ्जालहरूमा पब्लिक स्पिकर रमेश प्रसाईँलाई मिल्छ भने म दुवै आँखा दिन समेत तयार छु भन्ने सपोटरहरू पनि भेटिएको छ।जसले ती अभिव्यक्ति दिए उहाँ प्रति सम्मान छ तर जसरी रमेश प्रसाईँको दुवै आँखा नभएर पनि भित्री मनको आँखाले संसार नियाल्दै आफ्नो आवाजबाट सबैलाई मन्त्र मुग्ध बनाई मन जित्न सफल भए सायद आँखा भएको भए यसरी चर्चामा आउने थिएनन् होला।रमेश प्रसाईँको पहिचान नै यही हो।मलाई लाग्छ दुवै आँखा दिनु सम्भावित कुरा पनि होइन यो त केवल भावना मात्र हो।यति खेर २५ वर्षका रमेशलाई आँखा भन्दा पनि उहाँको जीवनमा सारथी बनी दिने असल र बुझकी जीवन संगीनीको खाँचो छ।