सरकार पूर्ण रुपमा असफल भएको रमेश लेखकको दावी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकार पूर्ण रुपमा असफल भएको रमेश लेखकको दावी



अछाम – नेपाली कांग्रेसका नेता रमेश लेखकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय राजनीतिक निकास नभएको बताएका छन् । नेपाली कांग्रेस ढकारी गाउँमालिकाले बिहीबार आयोजना गरेको गाउँपालिका स्तरिय आमसभालाई सम्बोधन गर्दै नेता लेखकले सरकारको उक्त निर्णयले राजीतिक निकास दिने नभई बरु द्वन्द्व बढाउने बताए ।

उनले सरकारले शान्तिपूर्ण वार्ता मार्फत समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए । लेखकले सरकारलाई आफ्नो निर्णयमा पुनःविचार गर्नसमेत आग्रह गरेका छन्।

नेता लेखकले विप्लब समूहले पनि हत्या, हिंसा र आतंकको बाटोलाई परित्याग गरि शान्तिपूर्ण बाटो अपनाउनु पर्ने बताए। उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रुपमा असफल भएको आरोपसमेत लगाएका छन्।

‘सरकार शान्ति सुरक्षाको प्रत्याभूति गराउनुको साटो बलात्कारी र अपराधिको संरक्षणमा लागेको छ’, उनले भने, ‘आठ महिनासम्म पनि निर्मलाको अपराधि पत्ता लाग्न नसक्नु सरकारले अपराधलाई बढावा दिनुको ज्वलन्त उदाहरण हो।’ उनले सिके राउतसँग भएको सहमति पनि गम्भिर राष्ट्रघाति भएको बताए।