पूर्व डिआईजी रमेश खरेल म भन्दा पनि ठूलो गुण्डा हो :मनाङ्गे(भिडियो ) - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

पूर्व डिआईजी रमेश खरेल म भन्दा पनि ठूलो गुण्डा हो :मनाङ्गे(भिडियो )



काठमाडौं। मनाङको प्रदेशसभा ‘ख’ बाट निवार्चित दीपक मनाङ्गे भनिने राजीव गुरुङले पूर्व डिआईजी रमेश खरेललाई आफूभन्दा पनि ठूलो गुण्डाको संज्ञा दिएका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पूर्व डिआईजी खरेलमाथि यस्तो आरोप लगाएका हुन् । गुरुङले खरेलले आफूलाई बिना कुनै कारण दशरथ रंगशालाबाट पक्राउ गरेको घट्ना सुनाउँदै यस्तो आरोप लगाएका हुन् ।

उनले भने,”खरेल तत्कालिन भ्याली एसपी हुँदा एम.एम.सी र पुलिस क्लबबीच फुटबल म्याच थियो । म एम.एम.सीको बरिष्ठ सल्लाहकार भएको नाताले गएको थिएँ । मैले खेलाडीहरुलाई हौसलापनि प्रदान गरेकै हो । तर, जब पुलिस क्लबले दुई गोल खायो । त्यो मान्छेले मलाई समात्यो । उसले त्यो बेला पावर मिसयुज गरेको हो नि । तर, मलाई गुण्डागर्दीको चार्ज लगायो । म त भिआईपी लाउञ्जमा बसेको थिएँ । त्यो गुण्डागर्दी त रमेश खरेलले पो गरेको हो । मैले होईन नि ।”

उनले रमेश खरेल आईजीपी भएको भए यो देश नै सखाउने थिए भन्ने समेतको गम्भिर आरोप लगाए । खरेलजस्तो मोस्ट गुण्डागुर्दी गर्ने मान्छे आजसम्म आफूले नदेखेको पनि उनले आरोप लगाए । उनले भने,”बाटो-बाटो मान्छे पिट्ने, त्यो मान्छेको क्रिमिनल रेकर्ड त मसँग छ नि ।”

उनले बरु यसबारेमा पत्रकाहरुले खोजी गर्नुपर्नेपनि सुझाए । उनले भने,”उ सँग कति सम्पत्ति छ । उसको वाईफसँग कति ज्वेलरी छ । छोरा कहाँ पढ्छ ? यो मेरो काम होईन, मैले त प्रदेश हेर्नुपर्छ । म कहाँ रमेश खरेलको पछि लाग्न सक्छु ?”

नेपाल प्रहरीकै कारण यति राम्रो काम गर्दापनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बदनाम भैरहेको उनको गम्भिर आरोप छ ।