रामदेवलाई झट्का: १० लाख जरिवाना, औषधि बेच्न नपाउने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रामदेवलाई झट्का: १० लाख जरिवाना, औषधि बेच्न नपाउने



काठमाडौं- पतंजलीका रामदेव बाबालाई झट्का लागेको छ । मद्रास उच्च अदालतले रामदेवको पतञ्जली आयुर्वेदलाई १० लाख जरिवाना लगाएको छ ।

बिहीबार अदालतले ‘कोरोनिल ट्रेडमार्क’ प्रयोग गरी औषधि उत्पादन र विक्रि वितरण नगर्न आदेश दिएको छ।

कोरोना भाइरसको उपचारको नाम लिएर पतञ्जली आयुर्वेदिकले औषधि बेच्न नपाउने आदेश दिएको छ। नोवेल कोरोना भाइरस निको हुने भन्दै औषधि बेचेबापत पतपञ्जलीलाई १० लाख जरिवाना पनि गरेको छ।

चेन्नाईमा भएको एक कम्पनीले ‘कोरोनिल’ ट्रेडमार्क सन् १९९३ देखि प्रयोग गर्दै आएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।

पतञ्जली आयुर्वेद कम्पनीले प्रयो गरेको ट्रेडमार्क ‘कोरोनिल –९२ बी’ एसिड सम्बन्धी ठूला मेसिन सफा गर्ने, उद्योगमा प्रयोग गरिने रसायन रहेको जानकारी दिएको छ।

कम्पनीले सन् २०२७ सम्म यो ट्रेडमार्क आफ्नो स्वामित्वमा रहेको जानकारी दिएको छ। तर पछिल्लो समय पतञ्जलीले यो ट्रेडमार्क प्रयोग गरी ‘कोरोनाको औषधि’ भन्दै ‘कोरोनिल ट्याबलेट’ नाममा प्रयोग गर्दै आएको थियो।