भारतका स्वामी रामदेवलाई दुई सय विघा जग्गा दिने योजना - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

भारतका स्वामी रामदेवलाई दुई सय विघा जग्गा दिने योजना



हिमाल पोस्ट / १४ मंसिर, काठमाडौं । पतञ्जली योगपिठ हरिद्वार, भारतका स्वामी रामदेवलाई जडीवुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निर्माणका लागि भन्दै नेपाल संस्कृत विश्वविद्यालयले २ सय विघा जग्गा भाडामा दिने तयारी गरेको छ ।

विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला तथा उच्च कर्मचारीको पहलमा ४० वर्षका लागि जग्गा भाडामा दिन लागिएपछि विश्वविद्यालयका पदाधिकारी नै विरोधमा उत्रिएका छन् ।

स्थानीय तहमा विवाद भएपछि यससम्बन्धी फाइल सिधै प्रधानमन्त्री प्रचण्डकहाँ पठाइएको आजको नागरिक दैनिकमा समाचार छ ।

स्रोतका अनुसार रामदेवले प्रचण्डलाई प्रभावमा पारेर उक्त निर्णय गराउँदै छन् ।

शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले नियमविपरीत रामदेवलाई जग्गा दिएर विश्वविद्यालयलाई तहसनहस पार्न लागिएको भन्दै आपत्ति जनाएका छन् । विश्विद्यालयले दाङमा रहेको जग्गा भाडामा दिने तयारी गरेको हो ।