रामचन्द्र पौडेलले गरे रामकुमारी झाँक्रीको तारिफ - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

रामचन्द्र पौडेलले गरे रामकुमारी झाँक्रीको तारिफ



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको विजारोपण आफूले गरेको दाबी गरेका छन् ।

सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

सबैलाई पाँच मिनेटको समय तोकिएको भए पनि पौडेलले भने आफ्ना महत्वपूर्ण धारणा रहेको भन्दै १५ मिनेट समय लिएका थिए ।

उनले तनहुँमा आफूले पूल उद्घाटन गर्ने क्रममा तत्कालीन एमाले सांसद किसान श्रेष्ठको समूहले आक्रमण गरेपछि नेतृ रामकुमारी झाँक्रीले विरोध जनाएपछि गठबन्धनको भ्रुण रोपिएको बताए ।

“गठबन्धन सुत्रपात देउवाजीले गरेको होइन हामीले गरेको हो । तत्कालीन इतर समूहका हामीले गरेका हौँ,” उनले भने,“तनहुँमा मलाई पूल उद्घाटन गर्ने क्रममा आक्रमण गर्दा रामकुमारी झाँक्रीले आपत्ति प्रकट गरिन् । त्यो स्वागतयोग्य काम थियो ।”

नेता पौडेलले नेकपा (एमाले) लाई बलियो बनाउन नहुने धारणा राखे । उनले नेकपा(माओवादी) र नेकपा(एकिकृत समाजवादी)लाई केही मत हालेर साइजमा राख्नुपर्ने र यसले ओलीको शक्ति कमजोर हुने दाबी गरे ।

“कम्युनिष्टसँग मिल्ने नहुने कुरा पञ्चायतमा दरवार र विदेशीको हुन्थ्यो । अहिले पनि कता कता यो खालको कुरा छ,” उनले भने,“ओलीलाई साइजमा राख्न भए पनि गठबन्धन गर्न आवश्यक छ।”