रामचन्द्र पौडेललाई सिर्जना सिंहले फर्काइन जवाफ - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

रामचन्द्र पौडेललाई सिर्जना सिंहले फर्काइन जवाफ



काठमाडौं- सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरको मेयरमा पराजित नेपाली कांग्रेसकी नेता सिर्जना सिंह र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आरोप प्रत्यारोप भएको छ ।

पौडेललाई सामाजिक सञ्जालमार्फत सिर्जना सिंहले प्रश्न गरेकी छन्। उनले पौडेलले आफूलाई अबमुल्यन गरेको आरोप लगाउँदै प्रश्न गरेकी हुन् ।

काठमाडौंमा कांग्रेस नेतृत्वको गठबन्धन पराजयको कारण वंशवादका आधारमा टिकट बाँडिनु रहेको पौडेलको अभिव्यक्तिपछि सिर्जनाले पौडेललाई सामाजिक सञ्जालबाटै प्रश्न गरेक हुन्।

सिंहले आफूले गरेको सहयोग भुलेर पौडेलले गलत आरोप लगाएको बताएकी हुन्। उनले आफ्नो राजनीतिक यात्राको बारेमा प्रकाशमानभन्दा पहिले पौडेललाई थाहा भएको पनि उल्लेख गरेकी छन्।

पौडेलले नै आफूलाई वंशवादको आरोप लगाउने कुरा नसुहाएको उनले बताइन्। उनले लेखेकी छन्, ‘मेरो बिहेअघि तपाई गोरखामा जेल पर्नुहुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनुभएको हो दाइ ? यो कुरा तपाईको मुखबाट आउँदा भन्दा अली सुहाएन कि दाइ ’