रामचन्द्र पौडेल नै साझा उम्मेदवार बन्ने संकेत - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

रामचन्द्र पौडेल नै साझा उम्मेदवार बन्ने संकेत



काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार हुने सम्भावना बढेको छ।

सभापतिको दाबी गरिरहेका डा. शशांक कोइरालाको पौडेलले समर्थन पाइसकेका छन् भने अर्का दाबेदार शेखर कोइराला पनि पौडेललाई छाड्न तयार भएका छन्।

इतर पक्षबाट साझा उम्मेदवार बनाउनका लागि छलफल भइरहेको समयमा शेखरले पौडेल निवास बोहराटार पुगेर साझा उम्मेदवार पौडेल हुने शर्तमा आफू छाड्न तयार रहेको बताएका छन्।

आज बिहानै पौडेल निवास पुगेका शेखरले सभापतिका अर्का दाबेदार प्रकाशमान सिंहले पौडेललाइ साझा उम्मेदवार मानेको खण्डमा आफू त्याग गर्न तयार रहेको बताए।

शेखर र प्रकाशमानकै कारण इतर समूहको निरन्तरको छलफलले पनि साझा उम्मेदवार तय गर्न नसकेको समयमा आएको उनको भनाइ पछि अब इतर पक्षबाट साझा उम्मेदवारका रुपमा पौडेलको सम्भावना बलियो बनेको छ।

पौडेल निवास पुगेका शेखरले प्रकाशमान छाड्न तयार नभएको अवस्थामा भने आफूलाई सहयोग गर्न पनि आग्रह गरेका छन्। इतर पक्षका केन्द्रीय सदस्यहरुको बैठक अहिले पनि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको छ।