देउवाको दूत बनेर ओली भेट्न पुगे रामचन्द्र, ओलीले पोखे गुनासो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

देउवाको दूत बनेर ओली भेट्न पुगे रामचन्द्र, ओलीले पोखे गुनासो



काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न उनकै निवास बालकोट पुगेका छन् ।

वरिष्ठ नेता पौडेल बुधबार साँझ ओली निवास बालकोट पुगेर केहीबेर छलफल गरेका थिए । १४ औं महाधिवेशन पछि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादु देउवासँग नजिकिएका नेता पौडेललाई देउवाले नै ओलीसँग भेट्न पठाएको बुझिएको छ ।

सभापतिमा पराजित भएका शेखर पक्षले संस्थापन इतरको भेला गरिरहेका बेला पौडेल देउवाको अघोषित दुत बनेर बालकोट पुगेका हुन् ।

भेटमा पौडेल र ओलीबीच एमसीसी र संसदको अवरोध खुलाउनेबारे छलफल भएको स्रोतले बताएको छ । केहीबेर समसामयीक छलफल गरेपछि एमाले अध्यक्ष ओलीले पौडेलसँग गुनासो गरेका थिए ।

ओली निवास बालकोट पुगेका पौडेललाई ओलीले अप्राकृतिक तरिकाले गठबन्धन बनेको र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई संसदमा राखेकाले संसदको अवरोध कसरी खोला सकिएला र ? भन्दै गुनासो गरेका थिए ।

कुराकानीकै सिलसिलामा नेता पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरेका छन् ।