रामचन्द्र पौडेललाई अर्को तनाव: गोविन्दराज जोशीले फेरि सुरू गरे अभियान - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

रामचन्द्र पौडेललाई अर्को तनाव: गोविन्दराज जोशीले फेरि सुरू गरे अभियान



तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले पौडेललाई थप संकटमा धकेल्ने भएका छन् । उनले आउँदो चुनावमा पनि पौडेललाई सहयोग नगर्ने बताउन थालेका छन् ।

कांग्रेसले कारबाही गरेका नेता जोशीले आउँदो चुनावमा कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताए । उनले चित्तबुझ्दो सहकार्य गर्ने बताईरहँदा कांग्रेस नेता पौडेललाई भने सहयोग गर्ने छैनन् ।

‘चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ’, आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।’ कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव नआए आआफ्नो तरिकाले चुनाव लड्न सकिने नेता जोशीले बताए।

तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये चालिस वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको उत्साह आफूप्रति मिलेको उल्लेख गर्दै उनले त्यस क्षेत्रका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आइ दिन आकाङ्क्षा जाहेर गरेको बताए। माघ मसान्तसम्म पालिकास्तरी भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उनले जानकारी दिए।

कांग्रेसको सङ्गठन बिस्तारमा आफ्नो धेरै लगानी भएको र विसं २०१७ मा नेकां तनहुँको आफूले नै स्थापना गरेको उनको भनाइ थियो।