रामचन्द्रको धम्की: सभापति उठ्न नदिए सन्यास लिन्छु - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

रामचन्द्रको धम्की: सभापति उठ्न नदिए सन्यास लिन्छु



काठमाडाैं – साझा उम्मेदवार तय गर्न बसेकाे नेपाली कांग्रेस संस्थापनइतर पक्षकाे बैठकले आज पनि सहमति जुटाउन सकेन। सहमति जुट्न नसकेपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरूलाई धम्की दिएका छन् ।

उनले बैठकमा राजनीतिबाटै सन्यास लिनेसम्मकाे आक्राेश पाेखे । लगातार सभापती उठ्न प्रयास गरेका उनलाई नेताहरूले सहयोग नगरेपछि यस्तो धम्की दिव्का हुन ।

महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्न बुधबार बसेको संस्थापनइतर पक्षको बैठकमा नेता पौडेल आपसी सहमति हुन नसकेपछि राजनीतिबाटै सन्यास लिनेसम्मको अभिव्यक्ति दिएका हुन्।

संस्थापनइत्तर पक्षका नेता डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै नेता पौडेलले बैठकमा भने, ‘तपाईंहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस्। आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस्।’

नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा प्रकाशमान र शेखर कोइरालाले कुनै पनि हालतमा आफूले सभापतिको दाबी नछाड्ने निष्कर्ष सुनाएपछि पौडेल आक्रोशित बनेका थिए।