नेकपा बैठक: रामबिर र बामदेवले तताए माहोल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेकपा बैठक: रामबिर र बामदेवले तताए माहोल



काठमाडौ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय बैठकमा नेताहरुबीच मन माझ्ने र अविश्वास हटाउने क्रम सुरू भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।

आइतबार बसेको बैबठकमा बामदेव गौतमले चुनाव लड्ने सम्बन्धमा उठेका विषयमा गम्भीर छलफल भएको छ । नेता गौतमले काठमाडौ ७ का प्रतिनिधि सभा उम्मेद्वार रामवीर मानन्धरलाई राजिनामा दिन लगाएर उपनिवार्चन लड्ने निर्णय गरेसँगै नेकपा भित्र तिव्र विवाद सुरु भएको थियो । यो विषयले सामाजिक सञ्जाल देखि सबैतिर नेकपा र बामदेव गौतमको आलोचना भएको थियो ।

पार्टी भित्र छलपल नै नगरी अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा गौतमले निर्वाचन लड्न खोजेपछि नेकपाको पूर्व एमाले खेमा यो निर्णयको विरुद्धमा उभिएको थियो । पार्टी भित्र र बाहिर चौतर्फी विवाद भएपछि गौतमले आफ्नो निर्णयबाट पछि हट्ने घोषणा गरेका थिए ।
बामदेव प्रकरणकै कारण असोज २४ मा बस्ने भनिएको नेकपाको सचिवालय बैठक आइतबार (कात्तिक ४) का लागि सरेको थियो । नेकपा भित्र पार्टी एकीकरण पछि प्रदेश पदाधिकारी चयन तथा जिल्ला र जनवर्गीय संगठनको एकता लगायतका विषयमा समेत विवाद हुँदै आएको छ ।
यी विषयहरुलाई पनि सचिवालय बैठकमार्फत छलफल गरेर विवाद समाधानका लागि प्रयास गरिने अपेक्षा गरिएको छ । पार्टी भित्र माधव नेपाल समुहले प्रदेश पदाधिकारी तथा जिल्ला र जनवर्गीय संगठनमा नेतृत्व चयन लगायनका विषयमा असन्तुष्टि जनाउँदै आएको छ ।

पार्टी भित्रका रहेका विवाद, सरकारको कामकारबाही लगायतका विषयमा सोमबार दिउसो १ बजेबाट सुरु हुने बैठकमा छलफल हुने जनाइएको छ । सचिवालय बैठकले काबठमाडौ ७ का सांसद मानन्धरको राजिनामा पनि अस्वीकृत गरेको छ । उनको राजिनामाबारेमा कुनै निर्णय गर्न आवश्यक नरहेको निष्कर्ष सचिवालय बैठकले निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।