कम्युनिष्ट नेतृ रामकुमारी झाँक्रीमा दम्भ की कम्जोरी ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कम्युनिष्ट नेतृ रामकुमारी झाँक्रीमा दम्भ की कम्जोरी ?



कर्ण अधिकारी।

केही दिन देखि सामाजिक सञ्जाल फेसबुकमा भाईरल भएकी सिभिल हस्पिटलमा कार्यरत स्थायी घर थानसिङ नुवाकोट भएकी प्रतिभा पन्त र कम्युनिस्ट नेतृ राम कुमारी झाँक्रीको विषयमा नबोलु र नलेखु भनेको कता कता ती हस्पिटलमा कार्यरत रहेकी प्रतिभाकी दिदी दीपा पन्तको फेसबुक लाइभको रूवाबासीले केही कुरा लेख्न बाध्य भए।समय बदलियो तर आज सम्म पनि हामी नेपालीहरूको सोचमा कुनै परिवर्तन हुन सकेन ।देश र जनताको सेवाका लागि राजनीति गर्छु भनेर राजनीतिमा होमिएकी महिला नेतृ राम कुमारीको फेसबुक स्टाटसले एक पटक राजनीति गर्ने र गर्न चाहने राजनीति कर्मीहरूलाई नै सोच्न बाध्य बनाई दिएको छ।

नेपालमा राजनीति गर्नेहरूले नेपाली जनता र नेपालको भूगोल अनुसार आफूलाई चलायमान राख्नु पर्नेमा त्यस्तो देखिँदैन।महिला नेतृ झाँक्रीले सिभिल हस्पिटलमा कार्यरत रहेकी एक चेलीको व्यवहारबाट रुष्ट भएर आफ्नो फेसबुक वालमा बिना अनुमति ती स्टाफको तस्बिर कैद गरी पोस्ट गरी दिँदा यसले सकारात्मक भन्दा नकारात्मक कुरामा इङ्कित गरेको प्रस्ट देखिन्छ।मैले पनि झाँक्रीको स्टाटसमा चित्त बुझाउन नसकेर झाँक्रीकै फेसबुक स्टाटसमा समेत कमेन्ट गर्न पुगेको थिए।एउटा महिला नेतृले हस्पिटलमा कार्यरत रहेकी महिलालाई नै यस्तो व्यवहार देखाउँदा देश सुशासन भन्दा पनि डनवाद दादा गिरीको पछाडि दौडँदै छ की भन्ने आभास भएको छ।हस्पिटल व्यवस्थापनको आफ्नै नीति नियमहरू हुन्छ कुन समयमा रिपोर्ट लिने कुन समयमा दिने भनेर।के महिला नेतृ भयो भन्दैमा जुन समयमा गए पनि रिपोर्ट लिन पाइन्छ ? के नेपालका सबै जनताले नेपालका सांसदहरूलाई चिन्न सक्छन् ? नेतृ झाँक्रीले म फलानो हुँ मलाई अर्जेन्ट छ रिपोर्ट दिने माहौल सृजना गराई दिनु भनेर किन भन्न सकिनन् ? के उहाँलाई सबैले चिन्न जरुरी छ ? तसर्थ यस्ता कुराहरूमा उहाँलाई ज्ञान हुनु पर्ने होइन र ?

नेपालका जुन सुकै हस्पिटलका स्टाफ र उनीहरूको व्यवहार बारे तपाईँ हामी सबै जानकार नै छौ। सबै स्टाफहरू राम्रा पनि हुदैनन र नराम्रा पनि । जुन त्यस दिनको घटना क्रम हेर्दा ती स्टाफ प्रतिभाको कुनै दोष छैन दोषी त केवल झाँक्री हुन।सांसदको रवाफ देखाउनका लागि यस्तो व्यवहार गर्नु त भएन नि । राम कुमारी झाँक्रीको स्टाटसमा घमन्डले भरी पूर्ण भएको अभि व्यक्ति हामी पाउन सक्छौ।एउटा महिलाले अर्को महिलाको सम्मान गर्न जान्दैन भने हामीले समृद्धिको सपना देख्नु बेकार छ।झाँक्रीको स्टाटसले परिवार तनावमा रहेको कुरा उनको दिदी दिपाको फेसबुक लाइभबाट हामी बुझ्न सक्छौ।ती स्टाफलाई आफ्नो परिचय दिँदै हस्पिटल व्यवस्थापन सँग कुरा गरेको भए सुनमा सुगन्ध हुने थियो तर एक्कासि सामाजिक सञ्जालमा प्रचारबाजी गर्दा ती स्टाफलाई भन्दा झाँक्रीलाई असर परेको प्रस्ट देखिन्छ।

विगतमा झाँक्रीका बारेमा सामाजिक सञ्जाल फेसबुकमा विवादननिक्लिए भने पक्कै होइन तर यस पटकको कुराले चाहिँ भाईरलै बनाई दिएको छ।नेपालको राजनीतिज्ञ र कर्मचारीहरूको विषयमा झाँक्री पूर्ण रूपमा जानकार छिन।यसो हुँदा हुँदै पनि फेसबुक भाईरल बनी दिइन।राम कुमारी झाँक्रीमा बौदिकताको कमी भा को हो की भन्ने आभास पाए।महिला नेत्री भएर एउटा महिला माथि यस्तो व्यवहार गर्न अलिकति पनि हिच्किचाउनु भएन।झाँक्री राजनीति गर्ने राजनीति कर्मी भोलि राजनीतिक यात्राको दौडनामा कहिले फुलको माला त कहिले जुत्ताको माला लाउने दिन पनि आउन सक्छ।तसर्थ राजनीति गर्नेले यति सानो चित्त गर्‍यो भने भोलिको राजनीति सफलताको बाटोमा होइन असफलताको बाटोमा लम्किन सक्छ।एउटा नारीको अझै बिना अनुमति तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्नु पूर्व १ चोटि होइन सयौँ चोटि सोच्नु पर्ने होइन र ? के तपाईँमा पनि दुई तिहाइको दम्भ बढेकै हो त ?

यो हो रामकुमारी झाँक्रीले अनुमतिबिना लिएको तस्विर