लियो खस्यौली युथद्धारा रक्तदान - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

लियो खस्यौली युथद्धारा रक्तदान



बुटवल । लियो क्लव अफ बुटवल खस्यौली युथले आज बुटवलको रत्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम गरेको छ ।

क्लवले अन्तराष्ट्रिय मानव एकता दिवसको अवसर पारेर र क्लवको बार्षिक कार्ययोजना बमोजिम रत्तदान गरेको हो । क्लवका अध्यक्ष लियो दिपेन्द्र भट्टराइको अध्यक्षतामा भएको रत्तदानमा २९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विकास गौतमले जानकारी दिए ।

रत्तदान कार्यक्रमको अवसरमा बोल्दै लियो जिल्ला परिषद ३२५ बी २ का परिषद् उपाध्यक्ष सरोज कडेलले लियोहरुको जन्म नै सामाजीक कार्य गर्नको लागी भएको भन्दै आगामी दिनमा थप शसत्त भएर सामाजीक कार्यक्रमहरु गर्न आग्रह गरे । त्यस्तै लियो क्लवका सल्लाहाकार लायन बाबुरामा बोहराले अन्तराष्ट्रिय मानव एकता दिवसको अवसर पारेर क्लवले सह्रायिन कार्य गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरा दिदै अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा लियो क्ल्व अफ बुटवल खस्यौली युथका सस्थापक अध्यक्ष रमेश अर्याल, पुर्व अध्यक्ष सितल ज्ञवाली लगायतले बोलेको थिए । प्रथम उपाध्यक्ष राजिव जंग कुवरको स्वागत तथा सचिव होमनाथ सापकोटाको संचानमा कार्यक्रम भएको थियो ।