पर्यटक बसमा रक्तचन्दन तस्करी
काठमाडाैं । लामो समयपछि रक्तचन्दन तस्करीहरू सल्बलाउन थालेको रहस्य खुलेको छ । मंगलबार काठमाडौं प्रहरी परिसरले भारतको नयाँ दिल्लीबाट काठमाडाैं अाउँदै गरेको टुरिष्ट बसमा ११ किलो रक्तचन्दन बरामद गरेसँगै रहस्य खुलेको हो ।
गाडी चालक काभ्रे घर भइ नैकाप बस्दै आएका ४१ वर्षीय झिल्केमान रुम्वा र सह–चालक बुटवल घर भइ नैकाप बस्दै आएका २५ वर्षीय सुजन पुनलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अाज बिहान ३ बजे कलंकि चोकबाट टुरिष्ट बसको दायाँबायाँ फल्स बटम बनाएर कुर्था सुरूवाल, बिजुलीको सामान महिलाले लगाउने जुत्ता, पुरूषले लगाउने टिसर्टसहित रक्तचन्दन बरामद गरेको हो