रक्सीको नशामा श्रीमतीको हत्या
बाँकेमा एक व्यक्तिले रक्सीको नशामा श्रीमतीको हत्या गरेका छन्।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का प्रेम गिरीले ३० वर्षीया जानकी गिरीको हत्या गरेका हुन्।
मंगलबार साँझ रक्सीले मातेर आएका प्रेमले घरासयी विवादका क्रममा टाउकामा कुटोले हान्दा गम्भीर घाइते भएकी जानकीको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।
उपचारका क्रममा नेपालगन्ज नर्सिङ होममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार प्रेम गिरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

