क्रोएसियाली खेलाडी राकिटेकको यस्तो किर्तिमान - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

क्रोएसियाली खेलाडी राकिटेकको यस्तो किर्तिमान



काठमाडौं– क्रोएसियाले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउदा मिडफिल्डर इभान राकिटिकले महत्वपूर्ण योगदान गरे। उनले जारी विश्वकपमा क्रोएसियाका लागि ६ वटै खेल पूरै समय खेले। समूह चरणमा राकिटिकले अर्जेन्टिनाविरुद्ध तेस्रो गोल गरेका थिए।

त्यसपछिका दुई खेलमा राकिटिकले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरे। उनले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा रसिया विरुद्ध ‘विनिङ’ पेनाल्टी प्रहार गर्दा क्रोएसियाले सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

राकिटिकले सेमिमफाइनलमा पनि १ सय २० मिनेट खेले। नियमित कप्तान लुका मोड्रिक सब्सिच्युट भएपछि राकिटिकले खेलको अन्त्यतिर कप्तानी गरेका थिए।

जारी सिजनमा राकिटिको त्यो ७० औं अफिसियल खेल थियो। एकै सिजनमा ७० खेल खेल्ने राकिटिक पहिलो खेलाडी भएको फिफाले पुष्टि गरेको छ। एकै सिजनमा सर्वाधिक खेल खेलेर कीर्तिमान बनाएका राकिटिकले सिजनमा स्पेनिस च्याम्पियन बार्सिलोनाका लागि ५५ र क्रोएसियाका लागि १५ खेल खेलिसकेका छन्।

आइतबार फाइनलमा फ्रान्ससँग भिड्दा उनले ९९औं अन्तर्राष्ट्रिय खेल खेल्नेछन् भने सिजनमा ७१ खेल खेल्नेछन्। जुन उनका लागि जीवनकै सबैभन्दा ठूलो खेल बन्नेछ। जित हात पारे उनले विश्वकपको ट्रफी उचाल्ने मौका पाउनेछन्।