बलिउडकी हट एन्ड सेक्सी अभिनेत्री राखीले फेरी विबाह गर्ने ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बलिउडकी हट एन्ड सेक्सी अभिनेत्री राखीले फेरी विबाह गर्ने !



काठमाडौं । सीधा कुरा प्रष्ट विचार । बलिउडकी हट एन्ड सेक्सी अभिनेत्री राखी यस्तै स्वभाविक छन् । सेक्सका विषयमा प्रश्न सोध्ने हो भने उनी खुलेरै जवाफ दिन्छिन्, हो म भर्जिन छैन तर दुई वर्षदेखि सेक्स गरेकी छैन ।

मिटुको विषयमा पनि उनी स्पष्ट छिन्- अभिनय गर्दा पुरुषबाट धेरै पटक छोइन्छ, यसलाई दुर्व्यवहार भन्नु हुँदैन । कसैलाई हिरोइनलाई पूजा गरेर राख्न लाखौं खर्चिदैन ।

प्रेमको विषयमा पनि उनको विचार प्रष्ट छ- यो सामान्य कुरा हो, प्रेममा नपर्ने त कुरै भएन नि ! खुला दिलकी यी बलिउड सेन्सेनसनल अब फेरि एकपटक विवाह बन्धनमा बाँधिन लागेको बताइन्छ ।

भारतीय भिडियाको भनाई मान्ने हो भने राखीले यही डिसेम्बर ३१ मा अमेरिकामा विवाह गर्दैछिन् । उनले दिपक कलालसँग विवाह गर्न लागेको बताइएको छ ।

आफ्नो विवाहको पुष्टि गर्दै दुलाहा-दुलही दुवैले आ-आफ्नो सामाजिक सञ्जालबाट निमन्त्रणा कार्डसमेत सेयर गरिसकेका छन् । कान्तिपुर साप्ताहिकबाट