राज्यमन्त्रीले नै गरे प्रधानमन्त्रीको बिरोध - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राज्यमन्त्रीले नै गरे प्रधानमन्त्रीको बिरोध



प्रदेश २ को प्रदेशसभालाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनको त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले ओलीले गर्ने सम्बोधनको विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन ।’

मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई सम्मान गर्दै सम्बोधनको कार्यक्रम फिर्ता लिई प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न ओलीसंग उनले अनुरोध समेत गरेका छन् ।