अभिनयबाट पनि चर्चामा राजु ढकाल र देवी घर्ती मगर (भिडियो सहित) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

अभिनयबाट पनि चर्चामा राजु ढकाल र देवी घर्ती मगर (भिडियो सहित)



समीर प्रकाश पाण्डे

लामो समय देखि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा स्थापित जोडी गायक राजु ढकाल र देवी घर्ती मगरको नयाँ लोक दोहोरी गीत ” रातो माटो ” हालै मात्र सार्वजनिक भएको छ ।
गीतमा उनै जोडी राजु ढकाल र देवी घर्ती मगरको स्वर रहेको छ भने लोकप्रिय सर्जक प्रसाद लामिछानेले शब्द सङ्गीत भरेका छन् । माया प्रेमको कथा बस्तु बनाएर तयार पारिएको गीतको भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ ।

भिडियोलाई दिलीप रेग्मीले निर्देशन गरेको छन् । भिडियोमा राजु ढकाल र देवी घर्ती मगरको अभिनय देख्न सकिन्छ । राजु देवीको जोडीलाई पक्कै पनि दर्शक स्रोताले साथ दिनेमा अाशावादि रहेको सर्जक लामिछाने हिमाल पोस्ट सँगको कुराकानीमा बताए, उनले भने गाउँ घर तिरको प्रेम लाई गीतमा उतारेको छु पक्कै पनि मन पराइदिनु हुनेछ ।गीतलाई प्रसाद डिजिटलले बजार व्यवस्थापन गरेको छ ।