सर्वोच्चले रिहा गरेका पत्रकारलाई प्रहरीले फेरी पक्रियो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सर्वोच्चले रिहा गरेका पत्रकारलाई प्रहरीले फेरी पक्रियो



काठमाडौं –  पत्रकार राजु बस्नेतलाई सर्वोच्च अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएलगत्तै अदालत परिसरबाटै फेरि पक्राउ परेका छन् ।

बस्नेतको तर्फबाट रमिता बस्नेतले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश दिपकराज जोशीको एकल इजलासले यस्तो आदेश दिएको हो ।

साथै महानगरीय प्रहर परिसर ललितपुर जावलाखेललाई पक्राउ गर्नुको कारणसहित उपस्थित हुन पनि आदेश दिएको छ ।

यसैबीच अदालतले छाड्न आदेश दिएको भए पनि प्रहरीले बस्नेतलाई अदालत परिसरबाटै नियन्त्रणमा लिएर फेरि महानगरीय प्रहर परिसर ललितपुर जावलाखेल लगेको छ ।

आवश्यक कागजात गरेर छाड्नु पर्ने भएकाले आफूहरुले बस्नेतलाई प्रहरी कार्यालय ल्याएको महानगरीय प्रहर परिसर ललितपुर जावलाखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । थुनुवाको मेडिकल गरेर मात्रै छोड्नु पर्ने भएकाले आफूहरुले प्रक्रियागत रुपमा छाड्न खोजेको उनको भनाइ छ ।

प्रेस युनियन काठमाडौंका जिल्ला सचिव महेश्वर गौतमले अदालतले छाड्ने आदेश दिए पनि प्रहरीले बस्नेतलाई पुनः पक्राउ गर्नुले सम्मानित अदालतको अवहेलना तथा प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको बताए ।