राजसंस्थाको वकालत नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी(विज्ञप्ती सहित) - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

राजसंस्थाको वकालत नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी(विज्ञप्ती सहित)



काठमाडौं । हाम्रो पार्टी  नेपालले मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिहरुलाई परास्त गर्ने र हराएको नेपाल राष्ट्र खोज्ने र लुकाईएको नेपाल राष्ट्र खोस्नेलगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले यस्तो नीति तथा संर्घषका कार्यक्रमहरु अघि सारेको हो । उसले संघीयता र धर्मनिरपेक्षताले मुलुकलाई नै सिध्याउने भन्दै यी दुईलाई आणविक बमको संज्ञा दिएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका संयोजक गोविन्द बोहोरा ‘ब्रम्हाण्ड’ले आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली शासन व्यवस्था हुनुपर्ने माग गर्दै आएको सुनाए । उनले भने, ‘नेपालको पहिचान हिन्दूराष्ट्र नै हो । त्यसैले अविलम्ब हिन्दूराष्ट्र कायम गरिनुपर्छ । अर्को, संघीयताको विकल्पमा जनताको घर आँगनमा अधिकार निक्षेपीकरण हुनुपर्छ ।’

उनले पूर्वराजा ज्ञानेन्द्रलाई पनि राजसंस्थाको वकालत चीन र भारतमा गएर नगर्न चेतावनी दिए । ब्रम्हाण्डले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले राजसंस्थाकै वकालत गर्ने हो भने चीन र भारत जानुको साटो नेपाली जनताहरुको बीचमा गएर गरुन ।’ उनले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो पार्टीमा आबद्ध हुनसमेत आग्रह गरे ।

हराएको नेपाल खोज्न र लुकाईएको नेपाल खोस्नको लागि पनि ज्ञानेन्द्र आफ्नो पार्टीमा आउनुको विकल्प नरहेको उनको जिकिर छ । पूर्वराजा ज्ञानेन्द्रले अहिलेकै चरित्र प्रर्दशन गरिरहे उनीमाथि वैधानिक विद्रोहसमेत गरिने उनले चेतावनी दिए ।

आजबाट सूरु भएको एशिया प्यासिफिक समिट–२०१८ को पनि संयोजक ब्रम्हाण्डले विरोध गरे । पूर्वीय सभ्यता सिध्याउनकै लागि उक्त समिट नेपालमा आयोजना गरिएको उनको गम्भिर आरोप छ ।
हराएको नेपाल राष्ट्र खोज्न जानुछ ! लुकाइएको नेपाल राष्ट्र खोस्न जानुछ !!

यस्तो छ विज्ञप्ति

हाम्रो पार्टी नेपाल, नेपाल
केन्द्रिय कार्यालय महाराजगञ्ज–३, काठमाडौँ

मिति : २०७५।०८।१५

नमस्कार,
हाम्रो पार्टी नेपालको मार्गदर्शन, आगामी समय हामी हिड्ने बाटो र आजसम्म रहेको र भइपरि आउने अवरोध हटाउन गरिने संघर्ष अनि नीति, कार्यक्रम तथा संघर्षको बारेमा सार्वजनिक घोषणापत्र ।

हाम्रो राजनीतिक मुद्दा :

प्रत्यक्ष निर्वा्चित कार्यकारी रास्ट्रपती, नेपाल राष्ट्रको चिनारि हिन्दुरास्ट्र नेपाल अनि संघीयताको विकल्प, सार्वभौम जनताको घर आगनमा अधिकार निक्षेपिकरण ।

नेपाल राष्ट्रको परिचयमा हाम्रो दृष्टिकोण ।

सगरमाथाको देश, हिमालै हिमाल अनि मठमन्दिरै मन्दिरको देश नेपाल । विश्व सभ्यतामा तीन–तीन वटा (शिव, जनक अनि बुद्ध) सभ्यता बिकाश भएको, विश्व सभ्यतामै अग्र नेपाल, चँन्द्र सूर्यको प्रतीक नेपाल, सुन्दर शान्त अनि बिशाल हाम्रो देश नेपाल ।

हाम्रो नेपाल एतिहासिक दृष्टिले अग्र, दार्श्निक दृष्टिले अग्र, पौराणिक धार्मिक पुरातत्वको दृष्टिले प्रसिद्ध देश ।

तपोभूमी नेपाल( हाम्रा ऋषिमुनिहरु, सन्त महन्तको प्रसिद्ध भूमी यो त्याग र सेवाको प्रतीक नेपाली बृहत्तर, नेपाल माहान देश, भावनाको भूगोलको अस्तित्ववान देश, सुन्दर मात्र नभई शान्त र शिवत्वको देश । त्रिनेत्र ( दृष्टिको दृष्टि शान्त रहोस्, शान्त होस् सम्वृद्ध होस् ।

नेपाल ! नेपाल !! नेपाल !!!
नेपाल भित्रको मानवतावाद, नेपालतन्त्रको राज्य ब्यवस्था अनि आर्थिक नीति नेपालवाद, नेपाली राष्ट्रियता नेपाल माता नै नेपाल माता, नेपाली जनताको जननी हुन ।

इतिहासका धरोहर ज्ञान अग्रणी हामी । राष्ट्रियतामा उठौ, विश्व बन्धुत्वमा टेँकौ, अन्तर ग्रह सम्म पुग्न सक्छौ अतस् हामी कसैभन्दा कम छैनौ ।

माथी भनिसक्यौँ, शिव, जनक अनि बुद्धको देश । सबै जाती फुलेको फुलबारी ( इतिहासमा कहिले उत्तरको त कहिले दक्षिणको कूदृष्टिले अहिलेसम्म नछाडेको, पृथ्वीनारायण शाह भन्दा अघिदेखि कै पश्चिमा इशाइहरुको कूदृष्टि परिरहेको ( अनेकौ घातप्रतिघात अन्तरघात बिच जेलिएको आजको माहारास्ट्र नेपाल ।

माहान् पवित्र राज्य, सुगौली सन्धि पूर्वका आन्तरिक षड्यन्त्रहरु, विदेशी शक्तिको उक्साहट, भाइ भारदारहरुको उक्साहट, अन्तर कलह, अकर्मण्यता र बेइमानी, बिकृती र विसङ्गती, पाण्डे, थापा कुवँर, अनि जङ्गे पछिका राणा शासन बिगत देखिनै सतिले सरापेको देश । कुनै समय नाम मात्रका राजा र निरंकुशताका प्रतीकको बिच संघर्षपूर्ण चाकाचुकीले बनेको हाम्रो देश नेपालको इतिहास छ ।

खुल्ला सिमाना, स्वदेशी दासत्वमा हुर्किएका हामी, तैपनी राष्ट्रिय अखण्डतामा दृढ हुँदा समय समयका विभिन्न आन्दोलनहरु र तिनको परिणाम, कागजको टुक्राले बनाइएका सजाइएका फुलबारी जस्ता सपनाहरु देखाएर गृष्मको खडेरिमा, हिउँले जनतालाइ तड्पाएर शासन गर्नेहरुका विरुद्ध केवल सत्ता र शक्तिको उन्मादमा उत्रनेहरुको गोलि, चक्र र चक्रव्यूह बिगतका ००७, ०१७, ०३६, ०४६, ०५२, ०६२र६३ अनि २०७२ असोज ३ गते र ०७२ माग ९ गतेका अनेकौ घट्ना, दुर्घटनाका बिच स्वअस्तित्वका रक्षाका लागि गरिएका प्रयासहरु, मातृभुमिका नाममा दलीय स्वार्थ कलहमा उक्साइएका हत्या, र हत्याहरु एक माहाराजाका बदलामा प्रतिशोधपूर्ण घृणित राजनीतिको फेहरिस्त, हजारौ माहाराजा र युवराज सरह मान्नुपर्ने वर्तमान कुशासकबाट बिसङ्गतिपूर्ण कर्महरु, जनताको इच्छा आकांक्षामाथी गरिएको कुठाराघात दमन सँगसँगै पेलिनु पर्ने आजको स्थितिमा हामी छौ । हामिले घोषणा गरेको वैधानिक विद्रोहका राजनीतिक कार्य्दिशा, नेपाल राष्ट्र माथी कूदृष्टी राख्ने अनेकन आन्तरिक र बाह्य षड्यन्त्रकारि तत्वको चक्रब्यूहमा परेको पारिएको नेपाल राष्ट्रको मुक्तिका निमित्त हो ।

दामको खेलमा दासले राष्ट्र र नेपाली जातिको अस्तित्वलाई तिलान्जली दिने पाखण्डिहरु जताततै देशका नाममा, देशवासिका नाममा नेता र नेतृत्वको खोल ओडेर राष्ट्रलाइ खोक्रो पार्न उद्दत शिखण्डिहरु न्यायलय, विद्यालय, सेना, प्रहरी प्रशासन लगायत समग्र सुरक्षा निकायलाइ ध्वस्त पार्ने वर्णवादी, जातिवादी, क्षेत्रवादी, लिंगवादिहरु र धर्मवादिहरुको आतंकद्वारा पिसिएका निरीह जनतालाई रैती सरह पनि नमानी दास बनाउने प्रयास स्वरुप अकर्मण्य भ्रष्ट बेइमानी ढुलमुले, धोकाधडीपूर्ण बिफल खेलको इमान्दारीपूर्ण प्रयास कसैको इतिहासको पर्दा पछाडी गरिने काला कर्तुत जस्ता कूदृस्यका बिरुद्ध उभिने उज्ज्वल सुकर्मणीय कर्मको साहसी यात्राकोलागि अनि कुनैपनी बिकृतिको बिरुद्द आउनुस शंषनाद गरौ, सत्य निष्ठ, पवित्र इमान्दार पुर्ण स्वआनन्द पुर्वक नेपाल रास्ट्र र समग्र सम्पुर्ण “कू“ का बिरुद्द वैधानिक विद्रोहको राजनीतिक कार्य्दिशाको बाटो हुँदै नेपालतन्त्रको राज्यव्यवस्था स्थापनार्थ जुटौँ । नेपाली जनताको सबै प्रकारको समृद्धिको निमित्त नेपालवादको नयाँ अर्थनीतिको “आर्थिक योजना“ कार्यान्वयनको निमित्त जुटौँ । अनि नेपाल भित्र रहेका वैदेशिक कूतत्वलाइ निश्कासन गर्दै नेपालीको अनि विश्वको सर्वोदय उद्देश्यको निमित्त अगाडि बढौँ ।

हिन्दुरास्ट्र नेपालको चिनारि अनि परिभाषा ।
यी माथिका यावत् समस्या समाधानको निमित्त मूख्य अवरोध नेपालको राज्य संरचनामाथी वैदेशिक शक्तिको शूक्ष्म व्यवस्थापनलाई लिइएका छौ । अतस् हाम्रो मूख्य शत्रु वैदेशिक हस्तक्षेपकारी शक्ति, तिनका अनेकन संरचना र तिनलाइ सहयोग गर्नेहरु रहेको निश्कर्ष छ ।

हाम्रो निचोड छ, नेपालको भौगोलिक बनावटले सामरिक महत्व राख्छ । यस्लाइ भुल्नु हुदैन । अनि यस्को सिधा अर्थ दुई ठुला भूगोल सहितको बिश्व उदयमान शर्वशक्तिमान उन्मूख राष्ट्र चीन र भारतसँग रहेको छ । यहि माथिको जालझेलपूर्ण तिक्डमबाजि खेल चातूर्य छट्टु बिध्यमान अहिलेको पश्चिमा शक्तिको हो । सार्वभौम नेपाली स्वतन्त्र नेपालको २००७ साल देखिको उकुसमुकुस यहि पश्चिमा शक्तिको बलमा दक्षिणी छिमेकीको स्वार्थ लुकेको कारण नेपाल घिटिघिटिमा रहँदै आएको छ, जबर्जस्त राष्ट्र र राष्ट्रियताले ओतप्रोत जनताको खबरदारी र पर्दा जनताको राष्ट्रिय स्वाधिनताको रक्षा अभियानको कारण शासक समेतले विदेशी शक्तिको सामु राष्ट्रियताको पक्षमा घुडा नटेकेको कारण आजसम्म नेपाल रहेकोमा दुइमत छैन । यति हुँदाहुँदै पनि कैयौँ शासक प्रशाशक र आफ्नो स्वार्थ बचाइ राख्न गद्दार नेतृत्व अनि केही एकदुइ नलागेका पनि हैनन । तर पनि आजसम्म विदेशी शक्तिको अगाडि नेपाल झुकेको चुकेको छिन । राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्षम छ ।

तरपनी पश्चिमाको आडमा भारतीय एकपक्षीय शक्तिले आजसम्म नेपालमाथिको कूदृष्टी राख्न छाडेको छैन कि झनझन कयौँ सुक्ष्म कुटनैतिक तरिकामा तिकडम अपनाउँदै छ । हाम्रो यहि आपत्ति हो कि वैदेशिक तत्वले अनि तिनका संरचनाको चलाखिपूर्ण खेलले, नेपाली जनताको भावनाको ठिक विपरीत नेपालको संविधानमा धर्म्निरपेक्षता र संघीयता घुसाउन सफल भयो । यी दुई बिषयलाइ हामिले नेपाल राष्ट्र सिध्याउने दुई आणविक वम भएको निश्कर्ष निकालेका हौँ । यसैको लागी हो संघीयताको बिरुद्ध अनि धर्म्निरपेक्षता बिरुद्दको मोर्चा बन्दी यहि हो हाम्रो पार्टी नेपालको तत्कालीन राजनीतिक उद्देश्य ।

नेपालतन्त्र र नेपालवादको मूल आधार प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपती, हिन्दुराष्ट्र नेपाल अनि जनताको मौलिक अधिकारसहितको नंया राजनीतिक कार्य्दिशा ।

यहाँ गाठ्ठी कुरा बुझौँ, आजसम्मको नेपालको मूल समस्या यहि भित्र गुजुल्ट्याइ राखिएको छ । अर्थात् पश्चिमा शक्ति चीनलाइ घेराबन्दी गर्न ईन्डियाको सहयोग लिदैँ र्इ्न्डियाकै बाटो हुँदै ईन्डियालाई समेत आफ्नो चङ्गुलमा राख्न सफल हुँदै नेपालमा अधिपत्य जमाइ राख्न चाहान्छ । माथी भनी सकियो अबको विश्व उदाउदो पूर्वीया शक्तिलाइ पश्चिमा रोक्न चाहान्छ । यस्को लागि नेपालमाथी पश्चिमा शक्तिको खेल स्थल सुरक्षीत गरिरहनु नै पश्चिमाको प्रष्ट उद्देश्य हो भने, छिमेकी राष्ट्र चीन यी र यस्ताहरुका बिरुद्ध जस्तोसुकै मुल्य र मान्यता अनि नीति बनाउँदै आफ्नो उद्देश्यलाई स्पष्टताका साथ लागू गर्न योजनाबद्ध रुपमा चीन अगाडि बढेको स्थितिमा आम जनताले नचाहँदा नचाहँदै पनि उ प्रति नै भरपर्नु पर्ने अवस्था आजको छ । यद्यपि यो गलत हुन्छ ।

यही पश्चिमा योजना पुरा गर्न अहिलेको राजनीतिक अबस्था सृजना गरिएकोमा दुइमत छैन । हो चिन बिरुद्धको संघीयता अनि भारत बिरुद्धको धर्म्निरपेक्षता नै पश्चिमाहरुको योजना अनि तिनका क्रिडास्थल नेपाल ।

अतः यस अवस्थालाई पहिला छिमेकी राष्ट्रले बुझ्नुपर्ने थियो । अर्थात् परापूर्व समय देखि नै दुरगामी राजनीतिक योजना सहित नेपाल, चीन र भारत एकआपसमा मोर्चाबन्दी कस्दै त्रिनेत्र, त्रिशक्तिसहित त्रिभुवन माथी राज गर्ने ल्याकत राख्न सक्नुपर्थ्यो । यो बिषयमा भारत आफ्नै कारणले अर्थात पछिल्लो भारतको परराष्ट्र मामलामा राष्ट्रिय नितिको कारण चुकेको देखिन्छ भने चीनले बुझेर अहिले योजनाबद्ध रुपमा आफुलाइ दक्षिण एसियामा उभ्याउन सफल भएको स्थिति देख्छौँ । नेपालले भने आफ्नो भूमिका आजसम्म प्रस्ट्याउन सकेको हामी पाउँदैनौ । बिगतको कालखण्डमा नेपाल आफ्नै प्रकारको भूमरिमा फसिरहेको भएपनी २००७ सालपछी नेपालको स्थिति फेरिएको थियो । तर दूर्भाग्य भन्नू पर्छ माथी भनिसकियो कि, आन्तरिक घातप्रतिघातको खेलमा अल्झेको कारण हाम्रो आजको स्थिति भयो । यहि माथी २००७ सालबाट नेतृत्व सक्षम नहुँदाको परिणाम हामिले २०७२ को गणतान्त्रिक संविधान जनताको चाहना हुँदाहुँदै पनि यहि भित्र नेपाली जनताको लागि मन्द बिष खुवाइयो भने नेपाल राष्ट्र भौतिक रुपमै सिध्याउन आणविक बम फिट गरियो । यसै कारण पश्चिमाहरुको लोभ र लालचमा परेका कूनेतृत्व र कूपात्रहरुको कारण संघीयता र धर्म्निरपेक्षता समेत भिर्न बाध्य हामी नेपाली भयौँ । अत स् अन्तिममा बुझौँ यहि वैदेशिक हस्तक्षेपको योजना र उनीहरुको उद्देश्यको चक्रब्यूहबाट हामी निक्लनै पर्छ अर्थात नेपाल राष्ट्रको अबको राजनीतिक निकाशको निमित्त गणतन्त्रात्मक व्यवस्थालाइ अझ बलियो बनाउन धर्म्निरपेक्षता र संघीयतालाई खारेज गर्दै जनताको कानुनी राज्य स्थापना गर्नु नै अबको निकाश हो भन्ने हाम्रो ठम्याइ रह्यो । हाम्रो योजना यहि र राजनीतिक कार्य्दिशा यहि भित्र रहेको छ ।

यस्को निमित्त हो तलका हाम्रा नेपाल सरकारसँग माग र जनतासँगै रहने हाम्रो संघर्ष सहितको उद्देश्य प्राप्तिको निमित्त नीति, कार्यक्रम र संघर्षहरु

१) नेपाल राष्ट्रको मूल नीति संविधानमा स्वतन्त्र नेपाल अनि सार्वभौम नेपाली जनताको भावनाबिपरित संविधान जारी गर्नेहरुका बिरुद्द जनतामा, जागरणसहित सचेतना कार्यक्रम गर्ने ।

२) नेपाल राष्ट्र सनातन रितिरिवाज, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बहुजातीय रहेको देश । यसर्थ भूगोल र भौगोलिक बनावटको कारण पनि नेपाल संघीयतामैत्री छैन । यसैगरी नेपालको कुल जनसंख्या मध्ये ९४ ५ जनसंख्या ॐ कार परिवार रहेको तथ्य छ। छिमेकी दक्षिणी भारतसमेत मूलतः हिन्दु सभ्यताभित्र छ । यस्तो अवस्थामा, पुर्वीया देशको हाम्रो शान सांस्कृतिक रुपमा अग्रज नेपाल, अनि नेपाल स्वयम् आफैँमा शिव, जनक अनि बुद्ध सभ्यता विकासको उद्गम राष्ट्र हो । यही कारण पनि नेपाल राष्ट्रको चिनारी हिन्दुराष्ट्र नेपाल संविधान मै लेख्न अनि संघीयता खारेजको निमित्त हाम्रो संघर्ष हुनेछ ।

३) जनताको साथ र सहयोगमा जनस्तरबाटै शक्तिशाली न्यायिक नागरिकता छानबिन आयोग गठन गर्न दबाब दिने अनेकन संघर्षका कार्य गर्नेछौ ।

४) राज्यको मोटो रकम तलब बापत बुझ्दै, संविधान ऐन, कानून बिपरित हुनेगरि सरकारी कर्मचारीहरु राजनीतिक संगठनमा आवद्ध रहनु भएको छ, त्यसरी राज्यबाट सुबिधा लिँदै राजनीति गर्न कानूनी रुपमै पाइँदैन । यस्तो बिकृतिको बिरुद्धको खबरदारी गर्दै कानुनी राज्य पालना गर्न गराउन दबाबमूलक संघर्ष गर्नेछौ ।

५) बिदेशमा रहनु भएका ७५ लाख युवा जनशक्तिलाई नेपाल फर्काउने र राष्ट्रिय पूँजीको नेतृत्वकर्ता बनाउने नीति तथा कार्यक्रमलाइ लक्षित समूहमा लानेछौ । सम्बन्धित कार्यक्रम अगाडि बढाउने छौ ।
६) योजनाबद्ध रुपमा बन्द गरिएका उत्पादनमुलक उद्योग कलकारखानालाई सुचारु गर्न सम्पुर्ण किसिमको संघर्ष गर्नेछौ । साथै, पुराना उद्योग कलकारखानालाई कबाडी बनाइ बेचिने परम्पराको बिरुद्द संघर्ष गर्नेछौँ ।

७) उत्पादन साधनमाथिको श्रमिकको अधिकार सुनिश्चित गर्दै, श्रमिकको श्रम द्वारा उत्पादित बस्तु माथिको स्वामित्व स्थापित गर्ने कार्य गर्ने छौ । जस्ले आजसम्म रहेको मालिक र मजदुरको टकरावपुर्ण जवर्जस्त सम्बन्ध बिस्थापन हुनेछ । भने श्रमिकको उत्पादन साधन माथी स्वामित्व हुँदै श्रमिक मालिक समेत बन्नेछन, बनाउँनेछौँ ।

८) राष्ट्रिय गौरवका सम्पुर्ण र उत्पादन मुलक उद्योग, कारखाना र आयोजनाहरुमा अनिवार्य स्वदेशी पूँजी आम नेपालीले लगानी गर्न पाउनुपर्ने माग सहित, त्यस्को सुनिश्चितताकोलागि संघर्ष गर्ने छौ । राष्ट्रलाई सम्भव भएसम्मको आत्मनिर्भर बनाउने कार्यको बिरुद्ध रहेको अनि हुने बाधक तत्वहरुको बिरुद्ध हाम्रो नीति अनुरुप संघर्षका कार्यक्रम अगाडि बढाउनेछौ ।

९) भिमसेन थापाको पालादेखि, गलत शासक प्रशासक र कुनैपनी बिकृतिको बिरुद्द बिद्रोह गर्ने क्षमता राख्ने युवाशक्तिलाइ, योजनाबद्ध रुपमा लोभ लालच र बाध्यतामा पार्दै बिदेश पलायन गर्ने, गराउने खेल सुरु भएकोमा त्यो अहिले आधुनिक तरिकामा बिकाश भएको छ। अझ सरकार नै निशुल्कको योजना सहित विभिन्न देशसङ्ग सम्झौता गर्दै युवा पलायन गराउने योजना देखियो । अर्थात रोजगार दाताको नाममा मेनपावरहरु बिषेशत सक्रिय छ्न । ती युवाशक्तिलाइ विदेश पठाउने (सबैलाइ) वैदेशिक शक्तिका संरचना अन्तर्गतका रुपमा लिएका छौ । त्यस्ता छाडा मेनपावर अनि त्यस सम्बन्धीका सस्थाहरु माथि सरकारलाइ एकद्वार प्रणालिमा ल्याउन आग्रह गर्ने छौ । यत्ती गर्दा पनि मानिएन भने तिनका बिरुद्ध पार्टीले संघर्ष गर्ने छ । गोर्खा भर्ती केन्द्रहरु बन्द हुनुपर्ने समेत माग छ ।

१०) नेपालको भू–बनावट अनुसारको कृषी उत्पादनलाई गुणस्तरीय बनाउदै (जैविक कृषिलाइ प्राथमिकतामा राख्दै) किसानको उत्पादनलाई वृद्धि गराउदै किसानलाइ व्यवसायीक बनाउदै, नेपालको कृषि उपज बस्तुलाइ अन्तरास्ट्रियकरण गर्नेर गराउन हाम्रो भुमिका रहने छ । साथै अब एक गाउँ एक प्राविधिक स्कुल, एक जिल्ला एक प्राविधिक उच्च स्थरिय कलेज र एक क्षेत्र एक प्राविधिक विश्वविद्यालयको नीति लिएका छौ । अनि पूर्वाधार पुगेको प्रत्येक जिल्लामा किसान द्वारा उत्पादित कृषी उपज सुरक्षाको निमित्त पकेट क्षेत्र अनुसार कम्तिमा पनि एउटा जिल्लामा तीन वटा शीत भन्डार को निमित्त हाम्रो किसान आन्दोलन अन्तर्गत कार्यक्रम सन्चालन गर्न गराउन संघर्ष गर्नेछौ ।

११) तराइको मुल मुद्दा (जमिनको मुद्दा हो) कृषकहरुको मुद्दा हो(उखु किसानहरुको मुद्दा हो( दाइजो प्रथा दहेज र छुवाछुतको मुद्दा हो) समूहगत रुपमा आर्थिक बिभेदको मुद्दा हो ( आर्थिक उत्पीडितहरुको मुद्दा हो । अनि राज्य द्वारा उपेक्षित तराई क्षेत्रको समस्या हो । यो समाधान गर्न कार्यक्रम बनाएका छौ । तराइको मुल समस्या समाधान गर्न हाम्रो संघर्ष रहने छ । नेतृत्व समेत त्यहीको समुदायबाट विकास गर्नेछौँ ।

१२) अन्तरास्ट्रिय गैर सरकारी संघ सस्थाहरु र तिनिहरुद्वारा प्रायोजित गैर सरकारी संस्थाहरु क्ष्ल्न्इ(ल्न्इ हरुलाइ सरकारको एकद्वार प्रणाली मार्फत मात्र सन्चालन गर्न दबाब मुलक कार्यक्रमहरु गर्ने छौ । सरकारले अगाडि बढाउन खोजेको तर हाल रोकिएको सदाचार नीतिलाइ कार्यान्वयन गर्न गराउन सम्बन्धीत पक्षलाई भन्ने छौ । उपलब्धि नभएको खण्डमा संघर्षमा उत्रनेछौ ।
१३) कुनैपनी नेपाली उत्पादनलाइ नेपालमा क्षेत्राधिकार दिदै सरकारी स्तरबाटै पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मान्यता सहित सरकारी निकायमा नेपाली उत्पादनलाई अनिवार्य प्रयोग गर्न दबाब मुलक कार्यक्रम गर्ने छौ ।

१४) क्षमताको आधारमा राज्यसत्ताका हरेक क्षेत्र, तहतप्का र निकायहरुमा नेपालका सम्पूर्ण किसिमबाट आर्थिक उत्पीडनमा परेका पारिएका समुदायलाई विशेष अधिकार सहित सक्षम बनाउन, मानवीय मुल्य र मान्यतामा बाच्न सक्ने बनाउन हाम्रो संघर्ष रहनेछ ।

१५) राष्ट्रहित बमोजिमका तराइबासीका जायज मागहरु अविलम्ब पुरा गरि तराइको राजनितिक समस्या समाधान गर्न हाम्रो संघर्ष र कार्यक्रम रहने छ साथै अन्तरास्ट्रिय सिमा नाकाहरुमा ओहर दोहर गर्दा परिचय पत्र लागू गर्ने, सिमा व्यवस्थापन, नियमन स्रुदृढिकरण गरि काडे तार लागाउने कार्य गर्नु पर्छ भन्ने हाम्रो मान्यता छ ।

१६) संविधान, ऐन कानून र नियम बाहिर रहेका सबै तत्वलाइ कारबाही गर्न राज्यको सहयोग लिदै अगाडि बढ्ने नीति लिएका छौ ।

१७) विकलाङ्ग, होचापुड्का र जेष्ठ नागरिकहरुलाइ राष्ट्रिय सभामा जनसंख्या र क्षमताको आधारमा प्रतिनिधित्व सुनिस्चित गर्नुपर्नेछ । साथै आर्थिक सक्षमताको लागि सियर लगानी मार्फत उत्पादनमा योगदान सहित जीवन भरण पोषणको निमित्त सरकारले ग्यारेन्टी गर्नुपर्नेछ । यस्को लागी हाम्रो संघर्ष रहने छ ।

१८) मध्यपस्चिमान्चल, सुदुरपस्चिमान्चल लगायत तराइमा बिध्यमान सम्पुर्ण किसिमका छुवाछुत, कुरिती, चाउपडी प्रथा, कूसंस्कार, तथा विसङ्गतिहरु उन्मूलनका निमित्त कार्यक्रम चलाइ जनजिविकामा सहजता ल्याउने कार्यक्रम अगाडि बढाउनेछौँ । साथै यस्का बिरुद्ध रहेका तत्व पाइएमा संघर्ष गर्नेछौ ।

१९) आर्थिक रुपमा हामिले, नेपाल र नेपालीसङ्ग करिब रु,१५० खर्ब भन्दा धेरै रकम रहेको निचोड निकालेका छौ । ती र त्यस्ता पुजि राष्ट्रिय पुजि भएको कारण आर्थिक नीति बनाइ नेपाललाइ आत्मनिर्भर बनाउने कार्य गर्न सक्नुपर्छ भन्दै त्यस्ता राष्ट्रिय पूँजीको लगानीको वातावरण तयार पार्दै, हामी आम नेपाली राष्ट्रिय आर्थिक पुजिको मालिक बन्न पाउनुपर्ने नीति लिन सरकारसङ्ग छलफल चलाउने छौ । यस्मा बिपरित देखिएका बिरुद्ध जस्तोसुकै संघर्ष गर्न पछि पर्ने छैनौ ।

२०) नेपालको कुल राष्ट्रिय पुजि मध्ये करिब ८३ ५ पुजि नेपाल र नेपालिको नरहेको प्रक्षेपण सबै अर्थ बिज्ञहरुले गरिरहेको अवस्थामा हामी मुलतः बिवादास्पद अवस्थामा संचालित लअभ िनेटवर्क सेवा अनि अन उत्पादन मुलक कम्पनीहरु जस्तामा आम नेपालीको बराबर स्वामित्वको लागि संघर्ष गर्नेछौँ । त्यस्ता उत्पादनमूलक ठुला सरकारी र नीजि कम्पनीहरुमा राष्ट्रिय पूँजी लगानीको वातावरण बनाउन संघर्ष गर्नेछौँ । अर्थात श्रमिकको मुक्तिकोलागी उत्पादित बस्तुमा स्वामित्व र उत्पादन साधनमा अधिकारको निमित्त ५०५ शेयर लगानी गर्न पाउनुपर्ने माग हाम्रो रहेको छ । यस्मा श्रमजीवी मजदुरको आन्दोलन केन्द्रित हुनेछ । हाम्रो नीतिलाइ अगाडि सार्दै श्रमिक र मजदुर मुक्तिको लागि मूलतः नेपाल राष्ट्रलाई वैदेशिक शक्तिको अर्धघेराबाट मुक्त पार्नु हुनेछ ।

२१) यातायातको सार्वजनिक सुरक्षा अन्तर्गत आम सर्वसाधारणले यात्रा गर्ने हरेक सवारिमाथी नेपाल सरकारले लिदैँ आएको महङ्गो भन्सार कर र वार्षिक करको पूर्णतया खारेज गर्नु पर्ने माग छ । साथै भाडाको सवारी सर्वसाधारण यात्रुकोलागी हुनु पर्ने थियो तर कयौँ सवारी साधन निजि स्कूल बसको रुपमा चलाइएका छन । जस्ले गर्दा दैनिक सर्वसाधारणले प्रयोग गर्ने सवारीको अभाव देखियो । मुख्य बिहान अफिस समय र बेलुका अफिस समयमा सवारी साधनमा यात्रा गर्दा निकै कठिनाइ परिरहेको अवस्था छ । यो अब बन्द हुनुपर्छ । स्कुलले आगामी ३५ पछिबाट आफ्नो नीजि सवारी साधन प्रयोग गर्न या भाडाको सवारी साधन प्रयोग नगर्न अनुरोध गर्छौ । यदि मानियन भने सर्वसाधारणको सार्वजनिक यातायात प्रयोग अधिकारलाई ध्यान दिदै त्यसै अनुरुपको संघर्ष चलाउने छौ । सरकारले सार्वजनिक यातायात माथी लिदै आएको भन्सार कर मात्र छुट गर्ने हो भने सर्वसाधारणलाई सार्वजनिक यात्राको भाडमा ५० प्रतिशत भन्दा बढी कटौती हुने दिखिन्छ । यस्तो अनेकन प्रत्यक्ष जनजिविकाको लागि अनेकन संघर्षका कार्यक्रम तय गरेका छौ ।

हाम्रा माथिका नीति, कार्यक्रम र संघर्षको निमित्त पार्टीको निर्देशनमा अगाडि बढेको भात्रु संगठन, मोर्चा र अभियानहरु यसप्रकार छ । यातायात क्षेत्र सुधार अभियान, किसान सशक्तीकरण राष्ट्रिय अभियान, राष्ट्रिय झण्डा फहराउ अभियान, मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपाल, युवा सशक्तीकरण राष्ट्रिय अभियान, एक इट्टा अभियान आदि रहेका छन ।

अन्त्यमाः उपरोक्त सबै कार्ययोजना हाम्रो सरकार निर्माण पश्चात् नेपाल सरकारको नीति तथा कार्यक्रममा बनाइ बजेटको तत्कालै प्रवन्ध गरि सक्रियताको साथ लाग्ने प्रतिबद्धता जाहेर गर्दछौ ।

हाद्धारा प्रस्तुत उपरोक्त कार्ययोजना व्यबहारमा उतार्न प्रण गर्दै, हामिलाइ बिश्वास छ शताब्दियौँ पुरानो राष्ट्रवादी नेपालिहरुको चाहाना अनुरुपको सार्वभौम सत्ता सम्पन्न सरकार गठनमा हामिलाइ सबैले सहयोग गर्नु हुनेछ । जस्मा पुर्णतया नेपालकै मौलिकतामा बिकाश भएको नंया राजनीतिक विचार द्वारा निर्दे्शित, नेपालतन्त्र र त्यहा लागू हुने समाजवाद भन्दा उन्नत नेपालवाद्को अर्थनीति लागू भएको सत्ता स्थापना हुनेछ । हामी विश्वको उदारहणीय नमुना देश नेपाल बनाउने कार्यमा प्रण गर्दछौ ।

अतस् हाम्रा सबै नीति, कार्यक्रम र संघर्षलाई सरकारले पहिला जस्तो हेलचक्र्याइ नगरि समयमै बुझोस । समस्या समाधानको निमित्त पहिलो पहलकदमी हामिले उठाइसकेको कारण यस्मा सरकारको तर्फबाट हामी प्रतिक्रिया चाहान्छौ । यो भन्दा पहिला नेकपा एमाले र नेकपा माओवादी हाल नेकपाको दुइ–दुइ वटा सरकारले, १४० दिन खुल्लामन्चमा रिले अनशन बस्दा, प्रधानमन्त्री निवास घेराउ देखि प्रधानमन्त्री कार्यालय घेराउ गर्दा समेत हाम्रो मागपत्र नबुझेता पनि हामिले त्यही बेला घोषणा गरे अनुरुप यो मागपत्र ३ करोड नेपालीलाइ बुझाउने हाम्रो प्रतिबद्धता हामीले पूरा गरेर यहाँसम्म आइपुगेका छौ । सरकारले हामिलाइ बुझ्नेमा अझैपनि हाम्रो झिनो आशा छ भन्दै हामिलाइ सहयोग गरिदिनुहुन सबै देशभक्त राष्ट्रवादी, सुरक्षाकर्मी, पत्रकार, मानवअधिकारवादी, प्राध्यापक तथा बुद्दिजिबी, कानुन ब्यवसायी, पुराना राजनितिज्ञ लगायत सबै उत्पीडित समुदायमा हामी अनुरोध गर्दछौ । सकारात्मक सुझाव सल्लाह सहित सबै प्रकारको सहयोगको अपेक्षा समेत राख्दछौ ।

सार्वभौम नेपाली जनता जिन्दावाद !
अखण्ड नेपाल जिन्दावाद !!
नेपाल राष्ट्र र नेपालीको जय होस् ।
जय देश ! जय जनता !! जय हाम्रो पार्टी नेपाल !!!

ब्रम्हाण्ड
नयाँ विचारक/संयोजक
हाम्रो पार्टी नेपाल
केन्द्रिय कार्यलय, माहाराजगञ्ज ३, काठमाडौ–नेपाल ।