२०७५ माघ ९, बुधबार

राजसंस्था सहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक:थापा

August 10, 2018
91 Views
Spread the love
  • 21
    Shares

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए ।

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे ।

पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उनको जोड छ ।

गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताए ।रासस

Facebook Comments
  • 21
    Shares

You may be interested

बर्दगोरिया गाउँँपालिका स्तरिय संस्थागत विद्यालय खेलकुद प्रतियोगिता शुरु
खेलकुद
0 shares18 views
खेलकुद
0 shares18 views

बर्दगोरिया गाउँँपालिका स्तरिय संस्थागत विद्यालय खेलकुद प्रतियोगिता शुरु

विशाल पाण्डेय - २०७५, ९ माघ १८:२६

बौनिया ,कैलाली । बर्दगोरिया गाउँँपालिका स्तरिय संस्थागत विद्यालय  खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ । बर्दगोरिया संस्थागत बिधालय संगठन (विप्सा)…

मेरी श्रीमतीले नुहाउँदिन मलाई  डिभोर्स चाईयो
बिचित्र संसार
0 shares162 views
बिचित्र संसार
0 shares162 views

मेरी श्रीमतीले नुहाउँदिन मलाई डिभोर्स चाईयो

himal post - २०७५, ९ माघ १७:५६

काठमाडौं — भारतको बिहारमा रहेको मसौढीमा एक पतिले पत्नीमाथि अनौठो आरोप लगाएर डिभोर्सको निवेदन दिएका छन् । पतिका अनुसार, पत्नी…

गोविन्द केसीको माग बदलिएन तर योगेश भट्टराईको स्वार्थ बदलियो :कांग्रेस नेता विश्वकर्मा
राजनीति
0 shares55 views
राजनीति
0 shares55 views

गोविन्द केसीको माग बदलिएन तर योगेश भट्टराईको स्वार्थ बदलियो :कांग्रेस नेता विश्वकर्मा

himal post - २०७५, ९ माघ १७:३१

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् सांसद मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर…