राजपत्रमा बल्ल प्रकाशित भयो संसद विघटनको सूचना - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

राजपत्रमा बल्ल प्रकाशित भयो संसद विघटनको सूचना



काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सूचना नेपाल राजपत्रमा बल्ल प्रकाशित भएको छ ।

पुस ५ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी सूचना सार्वजनिक भएको थियो ।

तर प्रतिनिधि सभा विघटन भएको निर्णयको सूचना भने राजपत्रमा प्रकाशित भएको थिएन । सर्वोच्चको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइमा बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा किन प्रकाशित नभएको भन्दै प्रश्न गरेका थिए ।

लगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले प्रतिनिधि सभा विघटनबारे नेपाल राजपत्रमा प्रकाशित सूचना इजलासमा बुझाउन महान्यायाधीवक्ता कार्यालयलाई भनेका थिए ।

महान्यायाधीवक्ता कार्यालयले प्रतिनिधि सभा विघटन भएको एक महिनापछि बल्ल सूचना प्रकाशित गरेर संवैधानिक इजलासलाई बुझाएको हो ।

जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।