अभिनेता राजपाल यादव जेल चलान - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

अभिनेता राजपाल यादव जेल चलान



काठमाडौं । चेक बाउन्सको अभियोगमा बलिउडका अभिनेता राजपाल यादव जेल चलान भएका छन् ।

उनलाई दिल्ली हाईकोर्टले तीन महिनाको सजाय सुनाएको छ । ट्रायलकोर्टमा भएको सम्झौता अनुसार उनलाई रकम तिर्न निश्चित समय दिइएको थियो । तर, उनले सो समयमा रकम तिर्न सकेनन् ।

कारण यस्तो थियो

२०१० मा राजपाल यादवले ५ करोड रुपैयाँ लोन लिएका थिए । त्यो ऋण तिर्न नसकेको भन्दै ऋण दिने व्यक्तिले कोर्टको सहायता लिएका थिए । कोर्टमा भएको सम्झौताका आधारमा उनले रकम फिर्ता गर्न सकेनन् ।

कोर्टले राजपाललाई तीन महिना जेल सजाय सुनाएको हो । इंदौर निवासी सुरेन्दर सिंहसँग राजपालले रकम सापटी लिएका थिए । उक्त रकम फिर्ता गर्नका निम्ति राजपालले एक्सिस बैंक मुम्बईको चेक सुरेन्दरलाई दिएका थिए । तर त्यो चेक बाउन्स भएको थियो ।