राजनीतिबाट सन्यास लिदै मानन्धर - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

राजनीतिबाट सन्यास लिदै मानन्धर



काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले समाजवादी पार्टीमा पद नपाएकै कारण राजनीतिबाट सन्यास लिन सक्ने संकेत गरेकी छन् ।

कुनै बेला नयाँ शक्तिबाट परिवर्तनका लागि अघि बढ्ने भनी डा. बाबुराम भट्टराईको अभियानमा सक्रिय भएकी करिश्माले भनेकी छन्– सम्मानजनक सहभागीता र मुल्यांकन नभएका कारण म राजनीतिमा सक्रिय हुनेछैन ।

समाजवादी पार्टीमा कलाकारलाई हेला गरेको भावना प्रस्तुत गरेकी उनले भनेकी छन्,‘कलाकारको पनि विचार हुन्छ त्यो विचारलाई अभिव्यक्त गर्न नदिई, भिड जम्मा पार्ने सोचमात्र राख्नु सर्वथा गलत हुन्छ ।’

उनले आफू राजनीतिक चरित्र बनाउनका लागि नै त्यसबेला नयाँ शक्ति नेपालमा आवद्ध भएको बताएकी छन् । त्यसैबेला भनेकी थिइन्,‘यो मुलुक परिवर्तनका लागि नयाँ सोचलाई स्थापित गर्न आवश्यक छ ।’

हाल नयाँ शक्ति नेपाल उपेन्द्र यादवको संघीय समाजवादी पार्टीसँग एकीकरण भएपछि बनेको पदाधिकारी मध्ये करिश्माका लागि कुनै पनि स्थान दिइएन । उनलाई यसैमा डा. भट्टराईप्रति रोष हो ।

तत्कालका लागि आफ्ना विचार विभिन्न फोरमबाट राखे पनि राजनीति नगर्ने संकेत गरेकी उनले काममा अभ्यस्त हुने पनि बताएकी छन् ।