राजनीति र समाजसेवा एक रथका दुई पाङ्ग्रा हुन् :सरिता - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राजनीति र समाजसेवा एक रथका दुई पाङ्ग्रा हुन् :सरिता



हिमाल पोस्ट 

भनिन्छ राजनीति र समाजसेवा एउटै रथका दुई पाङ्रा हुन् । तर आजकाल भने त्यो नारामा मात्र सीमित हुँदैछ । यस्तो अवस्थामा पनि तनहुँका सरिता पुरी भने राजनीति र समाजसेवा दुवै बढाई रहेकी छिन् ।

तनहुँको एउटा विकट गाउँमा जन्मेर पनि देश विकास र समाजसेवामा होमिएकी पुरी अहिले पूर्व नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य छिन् भने ईन्सेक नेपालमा समेत आबद्ध छिन् ।

उनले महिला हिंसा, महिला बलात्कार लगायत कैयौँ साझा मुद्दामा अग्रणी भूमिका खेलेकी छिन् भने उनलाई नजिक बाट चिन्नेहरू बताउँछन् । सुशील, शालीन देखिने पुरी सबै सँग छिटो घुलमिल हुन् सक्ने ब्याक्तीको रूपमा परिचित छिन् ।

जस्तो सुकै अवस्थामा रहे पनि समाजसेवामा आफ्नो पाइला सधैँ अगाडि बढाई राख्ने पुरीको भनाई छ । आफू जस्तो सुकै परिस्थितिमा रहे पनि आफूले समाज सेवा कहिले नछाड्ने सरिता बताउँछिन् ।