राजनाथ सिंह भन्छन - अब हामी कमजोर देश होइनौं, राष्ट्रिय गौरवमा कुनै सम्झौता हुँदैन - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

राजनाथ सिंह भन्छन – अब हामी कमजोर देश होइनौं, राष्ट्रिय गौरवमा कुनै सम्झौता हुँदैन



एजेन्सी- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले आफ्नो सुरक्षाबलमा वृद्धि गरेकाले अब ‘कमजोर’ देश नभएको र आफ्नो ‘राष्ट्रिय गौरव’ मा कहिले पनि सम्झौता नगर्ने बताएका छन् ।

उनले आइतबार विपक्षीलाई आश्‍वस्त पार्दै भने, “चीनसँगको सीमा समस्या समाधानका लागि वार्ताहरु भइरहेका छन् र यसमा लुकाउने तथा कसैलाई थाहा नदिनुपर्ने केही कुरा छैन ।”

जम्मु काश्मीरको भर्चुअल र्‍यालीमा सम्बोधन गर्दै मन्त्री सिंहले भने, “म आश्‍वस्त पार्न चाहन्छु कि हामीले ‘राष्ट्रिय गौरव’ का विषयमा कुनै पनि अवस्थामा कुनै पनि सम्झौता गर्दैनौं । भारत अब कमजोर मुलुक रहेन । राष्ट्रिय सुरक्षामा हाम्रो क्षमता वृद्धि गरिएको छ । तर, यस क्षमताको अर्थ कसैलाई तर्साउनु नभइ आफ्नो राष्ट्रको सुरक्षा गर्नु हो ।”

चीनसँगको सैन्य वार्ता जारी रहेको बताउदै भने, “चीनले सीमा समस्या वार्तामार्फत समाधानका लागि इच्छा प्रकट गरेको छ । हाम्रो पनि सैन्य र कूटनीति संयन्त्रमार्फत समस्या हल गर्ने प्रयत्‍न रहेको छ ।”