नेकपाबाटै जितेकी उपमेयरले सरकारलाई धिक्कार्दै दिइन राजिनामा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नेकपाबाटै जितेकी उपमेयरले सरकारलाई धिक्कार्दै दिइन राजिनामा



उदयपुर- बेलका नगरपालिकाकी उपमेयरले राजिनामा दिने घोषणा गरेकी छन् । उपमेयर राजकुमारी चौधरीले जनतासंग माफी माग्दै पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले राजिनामा गर्नेबारे जानकारी गराएकी छन्। उनले दुई तिहाइको सरकार धिक्कारेको उल्लेख गरेकी छन् ।

फेसबुकमा उनले लेखेकी छन् ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। ‘कालो कर्तुतहरुको विषयमा कार्यान्वयन नभएको र दुई तिहाइको सरकार धिक्कारेको छु।

कर्मचारीको विषयमा विवाद भएकाले उपमेयर चौधरीको उत्तेजनात्मक प्रतिक्रिया आएको स्थानीयले बताएका छन्।

चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा निर्वाचित भएकी थिइन्।