राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले उनलाई बढुवा गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव त्रय श्रेष्ठसहित रबीलाल पन्थ र रामेश्वर दंगालको नाम सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले बढुवा समितिबाट पहिलो नम्बरमा सिफारिस श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।